default_image

3 years ago

July 12, 2021

जापानमा सिजुओका गाईजलाई फुटबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – जापानमा भएको नेपाली समूदायबीचको सेभन ए साइड फुटबल रनिङ कपको उपाधि सिजुओका गाईजले जितेको छ । जापानको हिगासिकोसामा शनिबार भएको प्रतियोगितामा एनएन एफसी नागोयालाई टाइब्रेकरमा ३–२ ले हराउँदै सिजुओकाले उपाधि जितेको हो । विजेता टोलीले उपाधिसहित २ लाख ५२ हजार ५ सय २५ तथा दोस्रो टोलीले १ लाख ५१ हजार ५ […]

66 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जापानमा भएको नेपाली समूदायबीचको सेभन ए साइड फुटबल रनिङ कपको उपाधि सिजुओका गाईजले जितेको छ । जापानको हिगासिकोसामा शनिबार भएको प्रतियोगितामा एनएन एफसी नागोयालाई टाइब्रेकरमा ३–२ ले हराउँदै सिजुओकाले उपाधि जितेको हो ।

विजेता टोलीले उपाधिसहित २ लाख ५२ हजार ५ सय २५ तथा दोस्रो टोलीले १ लाख ५१ हजार ५ सय १५ जापानी यान प्राप्त गरे । एनएन एफसीका अनिल गुरुङ प्रतियोगिताका उत्कृष्ट खेलाडी चुनिए । विजेता टोलीका सञ्जय प्रधान प्रतियोगिताको सर्वाधिक गोलकर्ता बने भने सोही टोलीका विवेक थापा उत्कृष्ट गोलकिपर चुनिए । एनएन एफसीका प्रेम गुरुङ फाइनलको म्यान अफ दी म्याच घोषित भए । विजेता उपविजेता टोलीका खेलाडीलाई दीपक कार्कीले पुरस्कृत गरे ।

एफसी धरानले आयोजना गरेको प्रतियोगितामा १६ टोलीको सहभागिता थियो । प्रतियोगिता नकआउटका आधारमा भएको थियो । सोही दिन ३५ वर्ष माथिको मैत्रीपूर्ण फुटबलमा एनआरएनए नागोया भेट्रानले नेपारूया भेट्रानलाई ३–२ ले हराएको थियो ।

प्रतियोगितालाई सफल पार्न सहयोग गर्ने संघ, संस्था र व्यक्तिलाई आयोजक एफसी धरानका अध्यक्ष योमन देवानले धन्यवाद दिए । हरेक दुई वर्षमा प्रतियोगिता आयोजना गर्ने लक्ष्य रहेको आयोजक क्लबका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक सविन राईले जानकारी दिए ।

त्यसअघि देवकुमार घिमिरेले गरेको प्रतियोगिताको उद्घाटन सत्रमा पारस मणि पोखरेल, आदित्य सिं, विधान राई, अर्जुन केसी, कविकिरण न्यौपाने, विमल अधिकारि, राम थापा, मनोज वम मल्ल, यम खत्री, प्रेम राई, श्याम सितल, सन्तोष भूजेल, दीपक घिमिरे, रूपेश मगर, राजकुमार अधिकारी, राम कुमार थापा, विकास आले, बाबुराम खरेल, सुशिल पौडेल, विष्णु कार्की, विष्णुप्रसाद घिमिरे, कुशल पौडेल, कुशल धिताल, कृष्ण गौतम, रामु थापा लगायतको उपस्थिति थियो ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.