default_image

3 years ago

July 14, 2021

एमबाप्पेलाई रियल नजान रामोसको सुझाव

एजेन्सी – स्पेनिस डिफेन्डर सर्जियो रामोसले आफ्नो नयाँ क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का सहकर्मीसँग अभ्यास गरेका छन् । टोलीका युवा स्टार केलियन एमबाप्पेसँग आउने दिनमा सँगै अभ्यास गर्न पाउने आशा राखेका छन् । फ्रान्सेली फरवार्डले भने रामोसको पूर्व क्लब रियल म्याड्रिडमा आबद्ध हुने सपना देखिरहेको बताइन्छ । तर, रामोसले भने तत्कालका लागि रियल जानु […]

71 views

0 Bookmark

एजेन्सी – स्पेनिस डिफेन्डर सर्जियो रामोसले आफ्नो नयाँ क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का सहकर्मीसँग अभ्यास गरेका छन् । टोलीका युवा स्टार केलियन एमबाप्पेसँग आउने दिनमा सँगै अभ्यास गर्न पाउने आशा राखेका छन् ।

फ्रान्सेली फरवार्डले भने रामोसको पूर्व क्लब रियल म्याड्रिडमा आबद्ध हुने सपना देखिरहेको बताइन्छ । तर, रामोसले भने तत्कालका लागि रियल जानु भन्दा पनि पिएसजीमै रहन सुझाव दिएका छन् ।

‘कसैलाई यसै गर्नुपर्छ भन्न त मैले मिल्दैन । तर मेरो अनुभवका आधारमा म उनलाई व्यक्रिगत रुपमा केहि सुझाव दिनेछु’, रामोसले भने, ‘मलाई उनी पिएसजीमै रहुन् भन्न चाहन्छु । म उत्कृष्टसँग खेल्न चाहन्छु । कोहिले बस्ने वा जाने निर्णय भनेको उसको व्यक्तिगत विषय हो ।’

रामोसले रियलसँग एक वर्ष सम्झौता थप गर्ने विकल्पलाई छाडेर नयाँ चुनौती स्वीकार गर्ने क्रममा पिएसजीको यात्रा तय गरेका थिए । रामोसले भने, ‘एमबाप्पे केहि समयमा अहिले कै क्लबमा रहँदा आफूले उनको भविष्यका लागि केहि सुझाव दिन सक्छु ।’

उनले आफूलाई एमबाप्पेले के सोचिरहेका छन् भन्ने थाहा नभएको जनाउँदै भने, ‘मलाई लाग्छ उनले टोलीमा फरकपन ल्याउन सक्छन् । उनी निकै युवा छन् । यहाँको टोली निकै राम्रो टोली छ र यसलाई उत्कृष्ट खेलाडी आवश्यक पर्दछ । म टोलीमा जितको भावना ल्याउन सक्छु । त्यो मैले टोलीमा बाड्न सके भने त्यसले सफलता दिलाउनेछ ।’

रामोसले रियल छाड्दा महान खेलाडीको सुचीमा आफूलाई प्रमाणित गर्न सफल भएका छन् । तर आश्चार्यजनक रुपमा ३५ वर्षको उमेरमा उनले नयाँ चुनौती स्वीकार गर्दै फ्रान्सेली क्लबमा जोडिन पुगे । ‘पछाडि फर्केर हेर्नु सधै गल्ति हुन्छ । म आफूलाई साहसी ठान्दछु । त्यहि प्राथमिकतालाई ध्यानमा राख्दै म यहाँ आएको छु । यसका खेलाडी नै म यहाँ जोडिनुको मुख्य कारण हो’, उनले थपे, ‘सुविधाजनक ठाँउमा बस्नु ठीकै हो । म आफ्नो कदमबाट खुसी छु ।’

रामोसले रियल छाडेपछिको दूरीका विषयमा अनेक अडकलबाजी गर्न थालिएको छ । तर त्यसलाई मत्थर पार्ने क्रममा पूर्व कप्तान समेत रहेका रामोसले रियलविरुद्ध आफूले केहिले पनि गोलको खुसियाली नमाउने बताएका छन् ।

भविष्यका लागि आफू नयाँ चुनौती स्वीकार गर्न तयार रहेको उल्लेख गर्दै एमबाप्पे मात्र नभई पिएसजीका अन्य खेलाडीसँग पनि खेल्न उत्साहित रहेको बताएका छन् । त्यसमध्ये कुनै बेलाका उनका चिर प्रतिद्वन्द्विका रुपमा रहेका छन् बार्सिलोनाका पूर्व स्टार नेयमार ।

‘म नेयमार र एमबाप्पे दुवैसँग खेल्न उत्साहित छु । नेयमारसँग मेरो निकै राम्रो सम्बन्ध छ । अर्कोतर्फ एमबाप्पे माथिल्लो स्तरमा खेलिरहेका छन्’, उनले जोडे, ‘म जे सफलता प्राप्त गर्न चाहन्छु त्यसका लागि हामी सबैले प्रयास गर्ने हो । हामी सबै त्यहि बाटोमा हुनेछौं ।’

पिएसजीमा अभ्यस्त हुन रामोसलाई केहि समय त पक्कै लाग्ला । तर स्पेनिस टोलीका पूर्व कप्तान समेत रहेका रामोसले विगतको नेतृत्वदायी भूमिका विर्सेर नयाँ चुनौती सामनाको सुरुवात गर्नुपर्नेछ ।

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

Success

Thank you for your time.