default_image

3 years ago

July 15, 2021

सावित्राको चोटको शल्यक्रिया आज

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोली तथा विभागीय नेपाल एपिएफकी कीर्तिमानी फरवार्ड सावित्रा भण्डारी ‘साम्वा’ को घुडाँको चोटको बिहीबार शल्यक्रिया गरिने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले सावित्राको चोटको शल्यक्रिया बिहीबार हुने बताएका छन् । उनको घुडाँको शल्यक्रिया विश्व खेलकुदमै ख्याति प्राप्त कतारको दोहास्थित अस्पेटार […]

29 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोली तथा विभागीय नेपाल एपिएफकी कीर्तिमानी फरवार्ड सावित्रा भण्डारी ‘साम्वा’ को घुडाँको चोटको बिहीबार शल्यक्रिया गरिने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले सावित्राको चोटको शल्यक्रिया बिहीबार हुने बताएका छन् । उनको घुडाँको शल्यक्रिया विश्व खेलकुदमै ख्याति प्राप्त कतारको दोहास्थित अस्पेटार अस्पतालमा हुनेछ । सावित्रा १२ असारमा उपचारको लागि कतार प्रस्थान गरेकी थिइन् । उनले त्यहाँ आफ्नो क्वारेन्टिन अवधि पुरा गरेपछि शल्यक्रियाको लागि मिति पाएकी थिइन् ।

चोट लागेको झन्डै पाँच महिना लामो समयपछि घुँडाको शल्यक्रिया र रिह्याबिलिटेसनका लागि कतार प्रस्थान गरेकी हुन् । सावित्राको चाहनामा एन्फाले कतारमा उनको उचारको व्यवस्था मिलाएको हो ।

कतार फुटबल संघको सहयोगमा पछिल्लो समय विमल घर्तिमगर र विक्रम लामाको पनि सोही अस्पतालमा उपचार भएको थियो । विमल अहिले पनि कतारमै छन् भने विक्रम फर्किसकेका छन् ।

सावित्राले गतवर्ष ३ फागुनमा राष्ट्रिय महिला लिग दौरान नेपाल पुलिस क्लबसँगको खेलको क्रममा दायाँ घुँडामा गम्भिर चोट बोकेकी थिइन् । खेलको ७९औं मिनेटमा साम्वाले मैदान छाडेकी थिइन् । साम्बाले गोलको लागि प्रयास गर्दा चोट लागेको थियो ।

उनको दायाँ घुँडाको एन्टेरिएर क्रुसिएट लिगामेन्ट (एसीएल) मा गम्भीर चोट लागेको थियो । विपक्षी गोलकिपर अघि बढेको मौकामा बल चिप गर्ने प्रयासमा ल्यान्डिङका क्रममा उनको घुडाँमा चोट लागेको थियो । चोट लाग्नुअघि लिगको १० खेलमा सावित्राले ४३ गोल गरेकी थिइन् । सावित्रा लिगको उत्कृष्ट फरवार्ड चुनिएकी थिइन् ।

उनले राष्ट्रिय फुटबल टोलीबाट सर्वाधिक ३८ गोल गरेकी छिन् । सावित्रा नेपालको मात्र नभई दक्षिण एसियाकी उत्कृष्ट फरवार्डमा परिचित छिन् । उनले इन्डियन लिग (आई लिग) दुई फरक क्लबबाट खेलेकी छिन् । दुवैपटक उनी खेलेको टोली आइ लिग च्याम्पियन बनेको थियो । गत वर्ष गोकुलमलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी उनी आइ लिगको सर्वाधिक गोलकर्ता पनि बनेकी थिइन् ।

उपचारमा व्यस्त हुनुपर्ने भएपछि सावित्राले घरेलु मैदानमा आयोजना १३ देखि २५ सेप्टेम्बर (२८ भाद्रदेखि ९ असोज) मा हुने भनिएको एएफसी महिला एसियन कप २०२२ को छनोट चरणको खेल गुमाउनेछिन् । नेपाल समूह ‘एफ’ मा रहेको छ । नेपालसँगै हङकङ र फिलिपिन्स एकै समूहमा रहेका छन् ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.