default_image

3 years ago

July 16, 2021

म्याराडोना भन्दा मेस्सी सफल

एजेन्सी – अर्जेन्टिनाले २८ वर्षपछि यसपटक कोपा अमेरिकाको उपाधि जितेको थियो । मुख्य प्रतिद्वन्द्विका रुपमा लिइने ब्राजिललाई फाइनलमा १–० ले हराउँदै अर्जेन्टिनाले यसपटकको उपाधि जितेको थियो । अर्जेन्टिनाको त्यो १५ औं कोपा अमेरिका उपाधि हो । मुख्यतः अर्जेन्टिनी सुपर स्टार कप्तान लिओनल मेस्सीका लागि त्यो उपाधि बढी स्मरण गरिनेछ । उनले अर्जेन्टिनाका लागि जितेको त्यो […]

52 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनाले २८ वर्षपछि यसपटक कोपा अमेरिकाको उपाधि जितेको थियो । मुख्य प्रतिद्वन्द्विका रुपमा लिइने ब्राजिललाई फाइनलमा १–० ले हराउँदै अर्जेन्टिनाले यसपटकको उपाधि जितेको थियो ।

अर्जेन्टिनाको त्यो १५ औं कोपा अमेरिका उपाधि हो । मुख्यतः अर्जेन्टिनी सुपर स्टार कप्तान लिओनल मेस्सीका लागि त्यो उपाधि बढी स्मरण गरिनेछ । उनले अर्जेन्टिनाका लागि जितेको त्यो पहिलो उपाधि थियो । झन्डै २ दशक लामो खेल जीवनमा क्लबमा फुटबलमा सबै खाले उपलब्धी हासिल गरिसकेका मेस्सीले अर्जेन्टिनालाई सफलता दिलाउन भने लामो प्रतीक्षा गर्नु परेको थियो ।

मेस्सीको कप्तानीमा अर्जेन्टिनाले कोपा अमेरिका जित्दा उनका लागि व्यक्तिगत रुपमा पनि विशेष बन्यो । प्रतियोगिताको सुरुवातदेखि अन्त्यसम्म मेस्सीको टोलीको प्रदर्शनमा प्रभाव पार्न सफल रहे । टोलीले यसपटक गरेका १२ गोलमध्ये ९ गोलमा मेस्सीको भूमिका रह्यो ।

मेस्सीले खेलेको कोपा अमेरिकाको यो छैटौं संस्करण हो । छ संस्करण खेल्ने कुनै पनि अर्को खेलाडीले त्यो कीर्तिमान बनाउन सकेका छैनन् । यसपटक मात्र उनले ४ गोल गर्नुका साथै ५ असिस्ट पनि गरे । समग्रमा ६ संस्करणमा ३४ खेल खेलेका उनले १३ गोल र १७ असिस्ट गरेका छन् ।

अर्जेन्टिनाका महान डिएगो म्याराडोनासँग तुलना गर्दा कोपा अमेरिकामा तथ्याङ्कका आधारमा मेस्सी बढी सफल देखिन्छन् । म्यारोडोनाले कोपा अमेरिकाका ३ संस्करण खेलेका थिए । जसमा उनी उपाधि जित्न असफल रहे । तीन संस्करणमा म्याराडोनाले १२ खेल खेलेका थिए । उनले १२ गोल गरे भने कुनै पनि गोलमा असिस्ट गरेनन् ।

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

Success

Thank you for your time.