default_image

3 years ago

July 15, 2021

मनाङसँग केटिएम सिटी जोडियो

काठमाडौं (हाम्रो खेलकुद) – कीर्तिमानी आठ पटकको ‘ए’ डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबलाई केटिएम सिटीले प्रायोजन गरेको छ । मनाङले बिहीबार केटिएम सिटीसँग दुई वर्षे प्रायोजन सम्झौता गरेको हो । सम्झौतामा मनाङका अध्यक्ष मुखिया गुरुङ र केटिएमका सिइओ निमा नोर्बु शेर्पाले हस्ताक्षर गर्दै आदान–प्रदान गरे । सम्झौतासँगै केटीएम सिटी मनाङको किट्स पार्टनरको रुपमा रहनेछ […]

27 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कीर्तिमानी आठ पटकको ‘ए’ डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबलाई केटिएम सिटीले प्रायोजन गरेको छ ।

मनाङले बिहीबार केटिएम सिटीसँग दुई वर्षे प्रायोजन सम्झौता गरेको हो । सम्झौतामा मनाङका अध्यक्ष मुखिया गुरुङ र केटिएमका सिइओ निमा नोर्बु शेर्पाले हस्ताक्षर गर्दै आदान–प्रदान गरे । सम्झौतासँगै केटीएम सिटी मनाङको किट्स पार्टनरको रुपमा रहनेछ ।

किट्समा जर्सी, ट्रयाकसुट, मोजा, ज्याकेट, ट्रेनिङ जर्सी लगायत आवश्यक सामग्री रहेका छन् । मनाङको आधिकारिक जर्सीहरु केटीएम सिटीले बिक्री वितरण गर्न पाउने छ । सम्झौता तत्कालको लागि दुई वर्षको रहेपनि थपिदै जाने मनाङका अध्यक्ष मुखिया गुरुङले जानकारी गराएका छन् ।

तर सम्झौता रकम गोप्य राखिएपनि केटिएमले दुई वर्षसम्म मनाङलाई आवश्यक सम्पुर्ण किट्स उपलब्ध गराउनेछ । सम्झौतासँगै मनाङले यही ३ असोजबाट हुने भनिएको सहिद स्मारक ‘ए’ डिभिजन लिगबाट केटिएम सिटीको जर्सी लगाउनेछ ।

केटिएम सिटी फुटबल टोलीको जर्सी प्रायोजक समेत हो । अखिल नेपाल फुटबल संघ (एन्फा) र केटिएम सिटीबीच गत चैतमा सम्झौता भएको थियो । पुरुष टोलीले थ्री नेसन्स कप, मैत्रीपुर्ण खेल र विश्वकप छनोटमा केटिएमको जर्सी लगाइसकेको छ ।

यसअघि मनाङको किट्स पार्टनर केल्मी रहेको थियो । केल्मीसँगको सम्झौता सकिएसँगै मनाङले नयाँ किट्स पार्टनरको रुपमा केटिएम सिटी पाएको हो ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.