default_image

3 years ago

July 16, 2021

थ्री स्टारले युवा मिडफिल्डर आयुष भित्र्यायो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली घरेलु फुटबलको चर्चित ‘ए’ डिभिजन टोली रुस्लान थ्री स्टार क्लबले राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर आयुष घलानलाई क्लबमा अनुबन्ध गरेको छ । थ्री स्टारले युवा मिडफिल्डर आयुषलाई दुई वर्षको लागि क्लबमा अनुबन्ध गरेको हो । थ्री स्टारले आयुष अनुबन्धको रकम भने खुलाएको छैन । सम्झौतासँगै आयुषले आगामी असोजबाट सुरु हुने भनिएको […]

51 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली घरेलु फुटबलको चर्चित ‘ए’ डिभिजन टोली रुस्लान थ्री स्टार क्लबले राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर आयुष घलानलाई क्लबमा अनुबन्ध गरेको छ ।

थ्री स्टारले युवा मिडफिल्डर आयुषलाई दुई वर्षको लागि क्लबमा अनुबन्ध गरेको हो । थ्री स्टारले आयुष अनुबन्धको रकम भने खुलाएको छैन । सम्झौतासँगै आयुषले आगामी असोजबाट सुरु हुने भनिएको सहिद स्मारक ‘ए’ डिभिजन लिगबाट थ्री स्टारबाट खेल्नेछन् । ‘ए’ डिभिजन लिग ३ असोजबाट सुरु हुने तालिका छ ।

आयुषले गत महिना कुवेतमा भएको फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ को दोस्रो चरणको छनोट अन्तर्गत अष्ट्रेलियाविरुद्ध मैदान उत्रदै राष्ट्रिय टिममा डेब्यु गरेका थिए । आयुष ९०औं मिनेटमा सुमन लामाको स्थानमा मैदान प्रवेश गरेका थिए ।

आयुषले गत जेठमा सम्पन्न नेपाल सुपर लिग (एनएसएल) पोखरा थण्डर्सबाट पुरै ६ खेल खल्दै आफुलाई प्रमाणि गरेका थिए । त्यसपछि उनी नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नजरमा परेका थिए ।

खुमलटार युथ क्लबबाट ‘बी’ डिभिजन लिग खेलेका घलानलाई पोखराले ट्यालेन्ट हन्टमार्फत टोलीमा भित्र्याएको थियो । आहा रारा गोल्डकपमा संकटालाई च्याम्पियन बनाउदा महत्त्वपूर्ण भुमिका निभाएका उनी उत्कृष्ट युवा खेलाडी चुनिएका थिए ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्धको एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधवार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप गुआर्डिओलाले […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्याएर अल फयामाथि ३–१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले दुई तथा अब्दुलेह अल एम्रीले एक गोल गरे । अल फयाका फेसन […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.