default_image

3 years ago

July 17, 2021

पीएसजीमा ९ गोलरक्षक

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बिहीबार युरोपेली च्याम्पियन इटालीका गोलरक्षक जियानलुइजी डोन्नरुम्मालाई फ्रि ट्रान्सफरमा क्लबमा अनुबन्ध गर्न सफल भयो । युरोपेली च्याम्पियनसिपका सर्वाेत्कृष्ट खेलाडी डोन्नरुम्माको आगमनसँगै पीएसजीमा गोलरक्षकको संख्या ९ पुगेको छ । अब टोलीमा को रहने र को बाहिरिने भन्ने विषय बहसमा आएको छ । डोन्नरुम्मा आउनुअघि पीएसजीमा ८ गोलरक्षक […]

54 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बिहीबार युरोपेली च्याम्पियन इटालीका गोलरक्षक जियानलुइजी डोन्नरुम्मालाई फ्रि ट्रान्सफरमा क्लबमा अनुबन्ध गर्न सफल भयो ।

युरोपेली च्याम्पियनसिपका सर्वाेत्कृष्ट खेलाडी डोन्नरुम्माको आगमनसँगै पीएसजीमा गोलरक्षकको संख्या ९ पुगेको छ । अब टोलीमा को रहने र को बाहिरिने भन्ने विषय बहसमा आएको छ । डोन्नरुम्मा आउनुअघि पीएसजीमा ८ गोलरक्षक क्लबको सम्झौतामै रहेका थिए । धेरै खेलाडी गत सिजन लोनमा बाहिर खेल्न पुगेका थिए ।

डोन्नरुम्माको आगमनसँगै टोलीको पहिलो रोजाईका कोस्टारिकाका केलर नाभासको भविष्य अनिश्चित बनेको छ । सन् २०१९ मा रियलबाट पीएसजी पुगेपछि उनी नियमित रुपमा पहिलो रोजाईमा रहँदै आएका छन् ।

जियानलुइजी डोन्नरुम्मा (२२ वर्ष)

डोन्नरुम्मा पीएसजीले यसै साता अनुबन्ध गरेको नयाँ गोलरक्षक हुन् । उनले पीएसजीसँग ५ वर्षको सम्झौता गरेका छन् । युरोपेली च्याम्पियन तथा युरोको सर्वाेत्कृष्ट खेलाडी बनेका उनी अब पीएसजीको पहिलो रोजाईको खेलाडी बन्नेछन् ।

केलर नाभास (३४ वर्ष)

डोन्नरुम्माको आगमनसँगै सन् २०१९ मा स्पेनिस क्लब रियल म्याड्रिडबाट पीएजसी आएपछि लगातार पहिलो रोजाईमा स्थान बनाएका केलर नाभासको भविष्य अनिश्चित बनेको छ । पीएसजीमा उनको सम्झौता अझै ३ वर्ष बाँकी छ । उनी क्लबमै रहने वा बाहिरने उनको निर्णमा भर पर्नेछ । डोन्नरुम्मा टोलीमा रहँदा उनले क्लब छाड्ने सम्भावना बढी छ । उनी नियमित रुपमा खेल्न चहान्छ ।

अलफन्सो एरेओला (२८ वर्ष)

अलफन्सो एरेओलाले पछिल्लो समय स्पेनिस क्लब रियल म्याड्रिडमा समय व्यतित गरे । उनी गत सिजन इंग्लिस क्लब फुलहम पुगेका थिए । आफ्नो लोन अवधि पुरा गर्दै उनी पीएजसी फर्किएका छन् । सम्भवत उनी पुन लोनमै अन्यत्र क्लब जान सक्नेछन् । उनी विश्वकप विजेता फ्रान्स टोलीका सदस्य हुन् ।

सर्जियो रिको (२७ वर्ष)

स्पेनिस क्लब सेभियाबाट लोनमा पीएसजी पुगेका सर्जियो रिकोलाई क्लबले गत सिजन स्थायी खेलाडी बनाएको थियो । उनको सम्झौता अझै ३ वर्ष बाँकी छ । उनी क्लबै रहने कि नरहने उनी र क्लबको निर्णयमा भर पर्नेछ । सम्भवत उनी क्लबमै रहने सम्भावना बढी छ ।

मार्सिन बुल्का (२१ वर्ष)

२१ वर्षीय पोलिस गोलरक्षक मार्सिन बुल्काले दुई सिजन स्पेन र फ्रान्सको दोस्रो डिभिजनको क्लबबाट लोनमा खेलिसकेका छन् ।
उनले स्पेनको दोस्रो डिभिजनको कार्टजेनार फ्रान्सको एलबी चाटेउरोक्सबाट खेलेका थिए । उनी आफ्नो लोन अवधि पुरा गर्दै पीएसजी फर्र्किका छन् । उनी पुन लोनमै अन्यत्र क्लब जाने सम्भावना छ ।

गारिसन इनोसेन्ट (२१ वर्ष)

गारिसन इनोसेन्ट पीएसजीको एकेडेमीबाट हुर्किएका खेलाडी हुन् । उनले गत सिजन काइनबाट लोनमा खेलेका थिए । काइनबाट ४ खेल खेलेका उनी पीएसजीमा मौका पाउने सम्भावना न्युन छ ।

एलेसान्द्रे लेटेलिएर (३० वर्ष)

लेटेलिएर गत समरमा पीएसजीमा आबद्ध भएका थिए । उनी पीएसजीको तेस्रो रोजाईको गोलरक्षक हुन् । तर उनले एकै खेलमा पनि अवसर पाएका छैनन् । उनको सम्झौता २०२२ सम्म रहेको छ । क्लबले उनलाई बेच्ने सम्भावना छ । उनी फेरि क्लबमा रहँदै तेस्रो रोजाईमा बस्न पनि सक्नेछ ।

लुकास लाभाल्ली (१८ वर्ष)

१८ वर्षीय लुकास लाभाल्ली प्रतिभावान् गोलरक्षक हुन् । एलओएससीको युथ एकेडेमीका उत्पादन उनलाई पीएसजीले यसै समरमा ३ वर्षको लागि सम्झौता गरिसकेको छ । उनले केही समय पीएसजीको युथ टोलीबाट अनुभव बटुल्नेछन् ।

डेनिस फ्रान्ची (१८ वर्ष)

फ्रान्चीलाई पीएसजीले सन् २०१९ मा सम्झौता गरेका थिए । उनले केही खेलमा पीएजसीको पहिलो रोजाईमा स्थान बनाएपनि खेल्न पाएका छैनन् । उनले निरन्तर रुपमा पहिलो रोजाईको टोलीसँग प्रशिक्षण गर्दै आइरहेका छन् ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.