default_image

3 years ago

July 17, 2021

बिन ह्वाइट कीर्तिमानी मुल्यमा आर्सनलमा अनुबन्धित

एजेन्सी – लन्डन क्लब आर्सनलले इंग्लिस डिफेन्डर बिन (बेन्जामिन) ह्वाइटलाई कीर्तिमानी मुल्यमा क्लबमा अनुबन्ध गर्न सफल भएको छ । आर्सनलले ह्वाइटलाई प्रिमियर लिग क्लब ब्राइटन होभ अल्वियोनबाट ५ वर्षको लागि कीर्तिमानी ५० मिलियन पाउन्डमा अनुबन्ध गर्न सफल भएको हो । आर्सनलले डिफेन्डरको लागि खर्चिएको यो सर्वाधिक मोटो रकम हो । यससँगै बिन आर्सनलको डिफेन्डरमा सर्वाधिक […]

56 views

0 Bookmark

एजेन्सी – लन्डन क्लब आर्सनलले इंग्लिस डिफेन्डर बिन (बेन्जामिन) ह्वाइटलाई कीर्तिमानी मुल्यमा क्लबमा अनुबन्ध गर्न सफल भएको छ ।

आर्सनलले ह्वाइटलाई प्रिमियर लिग क्लब ब्राइटन होभ अल्वियोनबाट ५ वर्षको लागि कीर्तिमानी ५० मिलियन पाउन्डमा अनुबन्ध गर्न सफल भएको हो । आर्सनलले डिफेन्डरको लागि खर्चिएको यो सर्वाधिक मोटो रकम हो । यससँगै बिन आर्सनलको डिफेन्डरमा सर्वाधिक महँगा खेलाडी बनेका छन् ।

आर्सनलले २३ वर्षीय ह्वाइटलाई गत महिना ४० मिलियन पाउन्डको प्रस्ताव राख्दा ब्राइटनले अस्विकार गरेको थियो । तर, यसपटक ४५ मिलियन पाउन्ड र ५ मिलियन बोनस दिने भएपछि सहमति जुटेको हो । ह्वाइटलाई अनुबन्ध गर्न चेल्सी, एभर्टन, म्यानचेस्टर युनाइटेड, लिभरपुल र टोटेनहमले चासो देखाएपनि आर्सनलले बाजी मारेको हो ।

ह्वाइटले गत सिजन ब्राइटनमा उच्च प्रदर्शन गरेका थिए । सोही कारण इंग्ल्यान्डले प्रशिक्षक ग्यारेथ साउथगेटले उनलाई युरोपेली च्याम्पियनसिपका लागि इंग्लिस टोलीमा समेटेको थियो । उनले युरोअघिको दुई मैत्रीपुर्ण खेल अष्ट्रिया र रोमानियाविरुद्ध खेलेपनि युरोकपमा भने अवसर पाएका थिएनन् ।

ह्वाइट २०१६ मा ब्राइटनमा अनुबन्धित भएका थिए । एक सिजन ब्राइटनमा खेलेपछि उनले त्यसपछि तीन वर्षअघि लिग टु क्लब न्युपोर्ट काउन्टीबाट लोनमा खेलेका थिए । त्यसपछि पिटरब्राउच युनाइटेड र च्याम्पियनसिप क्लब लिड्समा पुगेका थिए । त्यहाँ उच्च प्रदशएन गेपछि उनी ब्राइटनमा फर्किएका थिए । उनले ब्राइटनबाट गत सिजन ३९ खेल खेलेका थिए ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.