default_image

3 years ago

July 17, 2021

मिलानले जिरुड भित्र्यायो

एजेन्सी – इटालियन क्लब एसी मिलानले फ्रान्सेली फरवार्ड ओलिभर जिरुडलाई क्लबमा अनुबन्ध गर्न सफल भएको छ । मिलानले ३४ वर्षीय भेट्रान फरवार्ड जिरुडलाई इंग्लिस क्लब चेल्सीबाट स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको हो । जिरुड र मिलानबीच शनिबार दुई वर्षको लागि २ मिलियन पाउन्डमा सम्झौतामा हस्ताक्षर भएको हो । उनले मिलानमा ९ नम्वर जर्सी लगाउनेछन् । […]

36 views

0 Bookmark

एजेन्सी – इटालियन क्लब एसी मिलानले फ्रान्सेली फरवार्ड ओलिभर जिरुडलाई क्लबमा अनुबन्ध गर्न सफल भएको छ । मिलानले ३४ वर्षीय भेट्रान फरवार्ड जिरुडलाई इंग्लिस क्लब चेल्सीबाट स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको हो ।

जिरुड र मिलानबीच शनिबार दुई वर्षको लागि २ मिलियन पाउन्डमा सम्झौतामा हस्ताक्षर भएको हो । उनले मिलानमा ९ नम्वर जर्सी लगाउनेछन् । जिरुडले ९ सिजन लन्डन बसाई बिट मारेका हुन् । उनले २०१२ देखि लन्डनको दुई फरक क्लब आर्सनल र चेल्सीका लागि ९ सिजन खेलेका थिए ।

जिरुडले आफ्नो ट्वीटर ह्यान्डलबाट चेल्सी र उनका समर्थकलाई ‘सबै ब्लुजलाई, मेरा टिमका साथीलाई, मेरा सबै प्रशिक्षक र सम्पुर्ण क्लबलाई क्लबको त्यो विशेष क्षणका लागि धन्यवाद,’ ओलिभर जिरुडले ट्वीट गरेका छन् ।

‘मैले आनन्दित रुपमा नयाँ यात्राको सुरु गर्दैछु । एफए कप, युरोपा लिग र च्याम्पियन्स लिगमा हाम्रो जित सानदार रहेको छ । लभ ओलि जी,’ भन्दै ट्वीट गरेका छन् ।

जिरुडले ग्रीनोवलबाट आफ्नो युथ करियर सुरु गरेका थिए । त्यहाँ उनले २००८ सम्म खेले । यसबीचमा उनले स्ट्रेस र टुर्सबाट खेलेका थिए ।त्यसपछि उनी सन् २०१० मा फ्रान्सेली लिग वान क्लब मोन्टपेलिएरमा अनुबन्ध भएका थिए । मोन्टपेलिएरमा दुई सिजन बिताउँदा उनले ८५ खेलमा ३९ गोल गरेका थिए ।

त्यसपछि उनी सन् २०१२–१३ को सिजनमा इंग्लिस क्लब आर्सनल पुगेका थिए । आर्सनलमा ६ सिजन (२०१७–१८) सम्म बिताउँदा २५३ खेलमा १०५ गोल गरेका थिए । २०१७–१८ को सिजनको जनवरी ट्रान्सफरमा अर्काे लन्डन क्लब चेल्सीमा पुगेका थिए । उनले चेल्सीमा साँढे तीन सिजन बिताउँदा ११९ खेलमा ३९ गोल गर्न सफल भएका थिए ।

उनले मोन्टपेलिएरबाट एक लिग वान जितेका छन् । आर्सनलबाट समान तीन एफए कप र कम्युनिटी शिल्ड जितेका छन् । चेल्सीबाट समान एक पटक च्याम्पियन्स लिग र युरोपा लिग तथा दुईपटक एफए कप जितेका छन् ।

उनी गत साता सम्पन्न युरोपेली च्याम्पियनसिपमा पनि फ्रान्सको टोलीका सदस्य थिए । उनले युरोमा पहिलो रोजाईमा अवसर पाएनन् । फ्रान्सले २०१८ मा विश्वकप जित्दाका टोलीका सदस्य रहेका जिरुडले फ्रान्सबाट ११० खेलमा ४६ गोल गरेका छन् । उनी फ्रान्सको लागि दोस्रो सर्वाधिक गोलकर्ता हुन् । उनीभन्दा अघि थिएरी हेनरी ५१ गोल रहेका छन् ।

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.