default_image

3 years ago

July 17, 2021

पीएसजीका हाकिमीलाई कोरोना संक्रमण

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का नयाँ खेलाडी अचरफ हाकिमीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रि–सिजनमा एफसी चाम्ब्लीसँग मैत्रीपुर्ण खेल खेल्नुअघि गरिएको परिक्षणमा उनलाई शनिबार नै कोरोना पुष्टि भएको क्लबले जनाएको छ । कोरोना पुष्टि भएसँगै उनी कम्तीमा १० दिन सेल्फ आइसोलेसनमा बस्नेछन् । २२ वर्षीय मोरोक्कोका युवा डिफेन्डर हाकिमी […]

57 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का नयाँ खेलाडी अचरफ हाकिमीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रि–सिजनमा एफसी चाम्ब्लीसँग मैत्रीपुर्ण खेल खेल्नुअघि गरिएको परिक्षणमा उनलाई शनिबार नै कोरोना पुष्टि भएको क्लबले जनाएको छ ।

कोरोना पुष्टि भएसँगै उनी कम्तीमा १० दिन सेल्फ आइसोलेसनमा बस्नेछन् । २२ वर्षीय मोरोक्कोका युवा डिफेन्डर हाकिमी जुलाई ६ मा इटालियन च्याम्पियन इन्टर मिलानबाट ६० मिलियन पाउन्डमा ५ वर्षको लागि पीएसजीमा अनुबन्धित भएका हुन् । उनी २०२५–२६ को सिजनसम्म पीएसजीमा रहनेछ ।

पीएसजीले प्रि–सिजनको पहिलो अभ्यास खेलमा एफसी चाम्ब्लीसँग २–२ गोलको बराबरी खेलेको थियो । पीएसजीले पहिलो रोजाईका तीन खेलाडी केलर नाभास, इड्रिसा गाना गुआई र मोउरो इकार्डीले खेलेका थिए । दोस्रो हाफमा सर्जियो रिको, लेभिन कुर्जावा र जुलियन ड्राक्सलरले खेलेका थिए ।

पीएसजीको तर्फबाट इकार्डी र जाभी सिमोन्सले गोल गरेका थिए । चाम्ब्लीका गुइलाउमे हेइनरी र बोउवाकारी डोउकाउरेले गोल गरेका थिए ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.