default_image

3 years ago

July 18, 2021

मार्कको दुई गोलमा च्याम्पियन बायर्नको हार

एजेन्सी – मिडफिल्डर मार्क उथको दुई गोल गरेपछि प्रि–सिजनको पहिलो मैत्रीपूर्ण खेलमा जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिख पराजित भएको छ । एमएस टेक्नोलोजी एरिनामा शनिबार राति भएको खेलमा एक गोलको अग्रता जोगाउन नसक्दा च्याम्पियन बायर्न बुन्डेसलिगा प्रतिद्वन्दी एफसी कोल्नसँग ३–२ ले पराजित भएको हो । खेलको छैटौं मिनेटमा अर्मिन्डो सिएबले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका […]

33 views

0 Bookmark

एजेन्सी – मिडफिल्डर मार्क उथको दुई गोल गरेपछि प्रि–सिजनको पहिलो मैत्रीपूर्ण खेलमा जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिख पराजित भएको छ ।

एमएस टेक्नोलोजी एरिनामा शनिबार राति भएको खेलमा एक गोलको अग्रता जोगाउन नसक्दा च्याम्पियन बायर्न बुन्डेसलिगा प्रतिद्वन्दी एफसी कोल्नसँग ३–२ ले पराजित भएको हो । खेलको छैटौं मिनेटमा अर्मिन्डो सिएबले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । २०औं मिनेटमा जान थिलमानले गोल गर्दै कोल्नलाई १–१ गोलको बराबरीमा ल्याए ।

२७औं मिनेटमा मार्क उथले गोल गर्दै कोल्नलाई २–१ को अग्रता दिलाए । ३५औं मिनेटमा जोशुवा जिर्कजीले गोल गर्दै बायर्नलाई २–२ गोलको बराबरीमा फर्काए । ५६औं मिनेटमा मार्कले व्यक्तिगत दोस्रो गोल गर्दै कोल्नलाई ३–२ को रोमाञ्चक जित दिलाए ।

यो हारसँगै नयाँ प्रशिक्षक जुलियन नागेल्समानले आफ्नो प्रशिक्षणमा पहिलो खेलमा जित दिलाउन सकेनन् । उनी हान्सी फ्लिकले क्लब छाडेपछि बायर्नको प्रशिक्षक बनेका थिए । कोल्नविरुद्ध बायर्नले अधिकांश नयाँ खेलाडीलाई मौका दिएको थियो । युरोपेली च्याम्पियनसिप र कोपापछि पहिलो रोजाईका खेलाडीहरु छुट्टीमा रहेका छन् ।

अब बायर्नले प्रि सिजनमा आयाक्स, बोरुसिया मोन्चेनग्लाडवाक र नेपोलीसँग मैत्रीपुर्ण खेल खेल्ने तालिका छ । त्यसपछि बायर्नले ब्रेमेर एसभीसँग डिएफबी पोकल खेल्नेछ । बोरुसिया मोन्चेनग्लाडवाकसँग १४ अगस्टमा खेल्दै बुन्डेसलिगाको नयाँ सिजन सुरुवात गर्नेछ ।

यता, कोल्नले १५ अगस्टमा हर्था बर्लिनसँग खेल्दै बुन्डेसलिगाको नयाँ सिजन सुरुवात गर्नेछ । त्यसअघि कोल्नले पनि तीन खेल खेल्ने तालिका छ ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.