default_image

3 years ago

July 19, 2021

बार्सिलोनालाई भार बनेका ग्रिजमन र कोउटिन्हो

एजेन्सी – क्याटलान क्लब बार्सिलोनालाई यसपटक ट्रान्सफर विन्डोमा खेलाडी भित्र्याउने भन्दा बढी क्लबमा रहेका खेलाडी बाहिर पठाउने समस्याले पिरोलेको छ । क्लबको तलब समिकरणमा सन्तुलन ल्याउन अहिले ठूलो चुनौतीको सामना गरिरहेको छ । प्रशिक्षक रोनाल्ड कोम्यानको योजनामा नरहेका खेलाडीलाई बाहिर पठाउने हो भनेपनि क्लबको समस्या हल हुन्छ । तर एकातर्फ खेलाडीको मोटो तलब र अन्य […]

57 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनालाई यसपटक ट्रान्सफर विन्डोमा खेलाडी भित्र्याउने भन्दा बढी क्लबमा रहेका खेलाडी बाहिर पठाउने समस्याले पिरोलेको छ । क्लबको तलब समिकरणमा सन्तुलन ल्याउन अहिले ठूलो चुनौतीको सामना गरिरहेको छ ।

प्रशिक्षक रोनाल्ड कोम्यानको योजनामा नरहेका खेलाडीलाई बाहिर पठाउने हो भनेपनि क्लबको समस्या हल हुन्छ । तर एकातर्फ खेलाडीको मोटो तलब र अन्य क्लबले ती खेलाडीलाई खरिद गर्न नसक्नुले पनि बार्सिलोनालाई समस्या परेको छ । विशेषगरी फरवार्ड एन्टोइन ग्रिजमन र मिडफिल्डर फिलिपे कोउटिन्होको स्थिति अहिले क्लबलाई भारी पर्न गएको छ ।

दुई वर्षअघि बार्सिलोनाले ग्रिजमनलाई ५ वर्षको लागि १ सय २० मिलियन खर्चेर अनुबन्ध गरेको थियो । अहिले उनको भाउ सोहि मूल्यमा मापन गर्र्दा ७२ मिलियन युरो हुन आउँछ । तर कुनैपनि क्लबले अहिले त्यो रकम खर्चने अवस्था छैन । अझ उनको मोटो तलब मागका कारण पनि अन्य क्लब हिच्किचाउनु स्वभाविक हो ।

त्यस्तै मिडफिल्डर कोउटिन्होको पनि सम्झौतामा २ वर्ष बाँकी छ । उनको अनुबन्ध हेर्ने हो भने बार्सिलोनाले ४४ मिलियन युरो माग गर्दा क्लबलाई घाटा हुँदैन । तर पछिल्लो समय चोटका कारण मैदानबाहिर रहँदै आएका उनलाई त्यो रकम खर्चन सायदै कुनै क्लब राजी हुने देखिन्छ ।

बार्सिलोनाले मेम्फिस डिपाए र सर्जियो अगुएरोको रुपमा आक्रमण बलियो पार्न खेलाडी अनुबन्ध गरेको छ । दुवै फ्रि ट्रान्सफरमा क्याटलान क्लब आएका हुन् । यस्तो अवस्थामा ग्रिजमन र कोउटिन्हो बेच्दा क्लबलाई आर्थिक रुपमा निकै सहज हुनेछ ।

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.