default_image

3 years ago

July 19, 2021

फेलिक्समाथि थपिएको आशा

एजेन्सी – एटलेटिको म्याड्रिडका युवा फरवार्ड जोआओ फेलिक्सका लागि गत सिजनको अन्त्य अपेक्षा गरेजस्तो रहेन । क्लबले लिग उपाधि जित्दा सिजनको पहिलो हाफमा सानदार प्रदर्शन गरेका उनले दोस्रो हाफमा भने चोट र विभिन्न कारणले निरन्तर खेल्न सकेनन् । गत सिजन डिसेम्बरसम्म फेलिक्सले क्लबका लागि ला लिगा र च्याम्पियन्स लिगमा १० गोल र ३ असिस्टको योगदान […]

51 views

0 Bookmark

एजेन्सी – एटलेटिको म्याड्रिडका युवा फरवार्ड जोआओ फेलिक्सका लागि गत सिजनको अन्त्य अपेक्षा गरेजस्तो रहेन । क्लबले लिग उपाधि जित्दा सिजनको पहिलो हाफमा सानदार प्रदर्शन गरेका उनले दोस्रो हाफमा भने चोट र विभिन्न कारणले निरन्तर खेल्न सकेनन् ।

गत सिजन डिसेम्बरसम्म फेलिक्सले क्लबका लागि ला लिगा र च्याम्पियन्स लिगमा १० गोल र ३ असिस्टको योगदान दिएका थिए । प्रशिक्षक डिएगो सिमिओनीले उनलाई मुख्य फरवार्ड लुइस सुआरेजको पछाडी खेलाएका थिए । उनले एन्जल कोर्रिया र यानिक करास्कोसँग राम्रो साझेदारी गरेका थिए । तर दोस्रो हाफमा भने चोट र कोभिड-१९ का कारण उनी टोलीमा निरन्तर पर्न सकेनन् ।

फेलिक्सले गत सिजन देखाएको प्रदर्शनसँगै क्लबले यस सिजन उनीबाट धेरै आशा राखेको छ । दुई सिजनअघि क्लबमा आउँदा उनीमाथि एन्टोइन ग्रिजमनको स्थान लिने दबाब थियो । पहिलो सिजनमा त उनी थोरै मात्र सफल रहे, अझ भनौं संकेत देखाए । दोस्रो सिजनमा भने उनले समर्थकलाई खुसी बनाएका छन् । क्लबले लिग उपाधि जित्नुले पनि उनीमाथि केहि दबाब कम भएको छ ।

त्यसो त ट्रान्सफर बजारमा फेलिक्समाथि प्रिमियर लिगको क्लबहरुले नजर राखेको खबर पनि सार्वजनिक भएका थिए । तर क्लबले फेलिक्सलाई अर्को सिजन छाड्ने कुनै संकेत देखिन्न । गत सिजन लुइस सुआरेजले लिगको अन्त्यतिर मुख्य फरवार्डका रुपमा गोल गर्ने जिम्मेवारी निर्वाह गरेका थिए । अब क्लबसँग सम्झौताको अन्तिम सिजनमा रहेका उनले फेलिक्सलाई जिम्मेवारी सुम्पने देखिन्छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.