default_image

3 years ago

July 19, 2021

युरोको पिडालाई ओलम्पिकमा मल्हम लगाउने स्पेनको लक्ष्य

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० को सेमिफाइनलमा रोकिएको स्पेनको राष्ट्रिय फुटबल टोलीका ६ सदस्य क्लब फुटबलमा आवद्ध हुनुअघि जापान प्रस्थान गर्दैछन् । युरोको उपाधि जित्न नसकेको पिडा ओलम्पिक स्वर्ण जितेर मल्हम लगाउने उनीहरुको लक्ष्य छ । स्पेनका लागि युरोमा पहिलो रोजाइमा नै खेलेका ६ खेलाडीले ओलम्पिक टोलीमा पनि स्थान बनाएका छन् । गोलरक्षक उनाइ सिमोन, […]

60 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० को सेमिफाइनलमा रोकिएको स्पेनको राष्ट्रिय फुटबल टोलीका ६ सदस्य क्लब फुटबलमा आवद्ध हुनुअघि जापान प्रस्थान गर्दैछन् । युरोको उपाधि जित्न नसकेको पिडा ओलम्पिक स्वर्ण जितेर मल्हम लगाउने उनीहरुको लक्ष्य छ ।

स्पेनका लागि युरोमा पहिलो रोजाइमा नै खेलेका ६ खेलाडीले ओलम्पिक टोलीमा पनि स्थान बनाएका छन् । गोलरक्षक उनाइ सिमोन, डिफेन्डरद्वय पाउ टोरेस र एरिक गार्सिया, मिडफिल्डरद्वय पेड्री र ड्यानी ओल्मोसँगै फरवार्ड मिकेल ओयाराज्बल ओलम्पिकमा स्वर्ण जित्न टोकियो प्रस्थान गरेका छन् । कागजमा हेर्दा स्पेनको टोली सबैभन्दा बलियो देखिन्छ ।

युरो खेलेका ६ खेलाडीबाहेक स्पेनले ३ सिनियर खेलाडी पनि टोलीमा थपेको छ । त्यसबाहेक स्पेनस ला लिगाको अनुभव बोकेका अरु खेलाडी पनि टोलीमा छन् । सिनियर खेलाडीका रुपमा रियल म्याड्रिडका ड्यानी सेबालोस र मार्को एसेन्सियोसँगै रियल सोसीडाडका मिडफिल्डर मिकेल मेरिनो टोलीमा छन् । यसबाहेक ओस्कार मिन्गुएजा, मार्क कुकुरेला, कार्लोस सोलेर, रफा मिर, ब्रायन गिल, मार्टिन जुबीमेन्डी लगायत नाम चलेका खेलाडी छन् ।

स्पेनको टोली अझै बलियो हुन सक्थ्यो । तर स्पेनबाहिर रहेका क्लबले आफ्नो खेलाडी ओलम्पिक टोलीमा आबद्ध हुन दिएनन् । म्यानचेस्टर सिटीका फेरान टोरेस, लिड्स युनाइटेडका रोड्रीगो तथा नेपोलीका फबियन रुइजलाई पनि टोलीमा राख्ने प्रशिक्षक लुइस डे ला फुएन्टेको योजना थियो । तर आरबी लाइप्जिगले ओल्मोलाई छोड्नुबाहेक अन्यले मानेनन् । केहि स्पेनिस क्लबले पनि आफ्नो खेलाडी छोड्न मानेका थिएनन्, तर उनीहरुलाई भने नछोड्ने विकल्प थिएन ।

क्लब र देशबीच चल्ने खेलाडी राख्ने भिडन्तमा यसपटक बार्सिलोनाका मिडफिल्डर पेड्री चर्चामा आए । बार्सिलोनाले स्पेनिस फुटबल महासंघलाई दबाब दिएपनि पेड्री ओलम्पिक टोलीसँग जापान जानुको विकल्प रहेन । बार्सिलोनाले पेड्री गत सिजनदेखि लगातार खेलिरहेको कारण विश्राम दिनुपर्ने अडान राखेको थियो । पेड्रीले सन् २०२० जुलाई ८ मा रियल ओभिएडोको सामना गरेदेखि देखि २०२१ जुलाई ७ मा इटालीविरुद्ध खेल्दासम्म ७० खेल खेले ।

स्पेनले ओलम्पिक तयारीका लागि मैत्रीपूर्ण खेलमा जापानसँग १-१ को बराबरी पनि खेलेको छ । उक्त खेलमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गर्दै पेड्रीले नै स्पेनको गोलको लागि मुभ सिर्जना गरेका थिए । यसले पनि स्पेनले उनलाई टोलीमा राख्न खोज्नुको अडानबारे बुझ्न सकिन्छ ।

ओलम्पिकमा स्पेन सम्मिलित समूह सीमा इजिप्ट, अर्जेन्टिना र अष्ट्रेलिया रहेका छन् । कुल १६ राष्ट्र सहभागी पुरुष फुटबलमा ४ समूह रहेको छ र शीर्ष २ टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछन् । स्पेनले पहिलो खेल २२ जुलाईमा इजिप्टसँग खेल्नेछ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.