default_image

3 years ago

July 19, 2021

रामोसको रोजाइमा मेस्सी

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका पूर्व कप्तान तथा डिफेन्डर सर्जियो रामोसले आफू सधैं बार्सिलोनाका कप्तान तथा फरवार्ड लिओनेल मेस्सीको प्रशंसक रहेको बताएका छन् । रामोस १६ वर्ष लामो रियल म्याड्रिड बसाइपछि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका छन् । रामोसले क्लब व्यवस्थापनसँग नयाँ सम्झौताका लागि सहमति गर्न नसक्दा क्लब परिवर्तन गरेका थिए । […]

66 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका पूर्व कप्तान तथा डिफेन्डर सर्जियो रामोसले आफू सधैं बार्सिलोनाका कप्तान तथा फरवार्ड लिओनेल मेस्सीको प्रशंसक रहेको बताएका छन् ।

रामोस १६ वर्ष लामो रियल म्याड्रिड बसाइपछि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका छन् । रामोसले क्लब व्यवस्थापनसँग नयाँ सम्झौताका लागि सहमति गर्न नसक्दा क्लब परिवर्तन गरेका थिए । रियलमा रहँदा पटक पटक मेस्सीको सामना गरेका उनले अर्जेन्टिनी फरवार्ड सधैं आफ्नो रोजाइमा रहेको बताएका हुन् ।

‘म सधैं उत्कृष्ट खेलाडीहरु सँग खेल्न चाहन्छु । मेस्सी विश्वका उत्कृष्ट खेलाडीमा पर्छन् । मैले सधैं भन्दै आएको छु की मेस्सी मेरो रोजाइमा पर्ने खेलाडी हुन्,’ रामोसले टिएनटि स्पोर्ट्सलाई भने ।

मेस्सीसँग सन् २०१३ देखि २०१७ सम्म सँगै खेलेका नेयमारले अब रामोससँग एकै टोलीबाट खेल्नेछन् । नेयामारबारे पनि रामोसले आफ्नो सम्बन्ध सुमधुर रहेको बताए । ‘नेयमार बार्सिलोनामा हुँदा पनि व्यक्तिगत रुपमा मेरो राम्रो सम्बन्ध थियो,’ उनले भने ।

‘हाम्रो टोली एक अर्काको विरुद्धमा उत्रिएपनि हाम्रो सम्बन्ध राम्रो थियो । म पिएसजी आएपछि उनीसँग नियमित कुरा भएको छ । जब स्टार खेलाडीले नै आफूलाई खोज्छन् भने त्यो निकै राम्रो हो,’ रामोसले भने ।

पीएसजीमा रामोस रियलका पुर्व सहयात्री केलर नाभास, एन्जल डि मारिया, अक्रफ हाकिमीसँग पुर्नमिलन हुनेछ । जुआन बर्नाट, सर्जियो रिको, पाब्लो साराविया र एन्डर हेरेरा उनको स्पेनिस सहयात्री हुनेछन् ।

चार पटकको च्याम्पियन्स लिग विजेता रामोसको अनुभव पीएसजीलाई फाइदाको विषय हुनेछ । पीएसजी पहिलोपटक च्याम्पियन्स लिग जित्ने लक्ष्यमा रहेको छ । पीएसजीमा रामोसको सहयात्रीमा अब नेयमार केलियन एमबाप्पे पनि हुनेछन् ।

अब पीएसजीको लक्ष्य नेयमार र एमबाप्पेलाई क्लबमै राख्नु हुनेछ । सन् २०१० को विश्वविजेता टोलीका सदस्य रामोसले गत सिजन चोटका कारण अधिकांश खेल गुमाएका स्पेनको युरोपेली च्याम्पियनसिप र ओलम्पिक टोलीमा स्थान बनाउन असफल भएका थिए ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.