default_image

3 years ago

July 19, 2021

महिला टोलीको प्रशिक्षण सुरु

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि नेपाली राष्ट्रिय महिला फुटबल टिमको प्रारम्भिक बन्द प्रशिक्षण सुरु भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबारबाट टिमको प्रशिक्षण सुरु भएको जनाएको छ । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले ४५ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएका छन् । छनोटमा नेपाल समूह ‘एफ’ मा रहेको छ […]

19 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि नेपाली राष्ट्रिय महिला फुटबल टिमको प्रारम्भिक बन्द प्रशिक्षण सुरु भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबारबाट टिमको प्रशिक्षण सुरु भएको जनाएको छ ।

मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले ४५ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएका छन् । छनोटमा नेपाल समूह ‘एफ’ मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ । यस समूहको छनोट खेल नेपालमा हुनेछ । एएफसीले छनोटको प्रारम्भिक मिति १३ देखि २५ सेप्टेम्बर (२८ भदौ देखि ९ असोज) लाई तोकेको छ ।

समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ । मुख्य प्रशिक्षक ग्यारी अनुपस्थित रहेपछि पहिलो दिनको प्रशिक्षण चेतन घिमिरेले दिएका थिए । उनी टोलीको सहायक प्रशिक्षक हुन् । प्रशिक्षक चेतन ‘ए’ लाइसेन्स प्राप्त प्रशिक्षक हुन् ।

नेपाली सेनाको शान्ति मिसनमा गएका कारण कविता धिमाल टोलीमा उपलब्ध हुने छैनन् । सुनिता चौधरी पनि आर्मीको प्रशिक्षणमा रहेका कारण यी दुईको स्थानमा अन्जली वाइबा र हेमा चौधरीलाई टोलीमा समावेश गरिएको छ ।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी

अन्जना राना मगर, एन्जिला तुम्बाप्पो सुब्बा, उषा नाथ, सावित्री किसान, सपना राई, रेनुका नगरकोटे, सरु लिम्बु, अनिता बस्नेत, अनिता केसी, गीता राना, अन्जली योन्जन, प्रिती राई, निशा थोकर, सिर्जना चेम्जोङ, हिरा भुजेल, रबिना गोले, सुष्मा तामाङ, पुनम जर्घा मगर, अन्जली वाइबा, हेमा चौधरी, विमला बिक, दिपा राई, सपना लामा, रश्मी घिसिङ, शर्मिला थापा, इन्दिरा राई, विमला चौधरी, अमृता जैशी, घिम कुमारी गुरुङ, सिर्जना खड्का, निर्मला बिक, मनिषा राउत, पुजा राना, निर्मला उपाध्याय, रेखा पौडेल, दिपा न्यौपाने, सिवानी कुश्वर, सरस्वती हमाल, अमिशा कार्की, कुशुम खतिवडा, सिर्जना सिंह, सबिता राणा, रजनी थोकर, सलोनी राना मगर, चुम्लुङमा राई

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.