default_image

3 years ago

July 19, 2021

अनन्त, सन्जोक र निशान थ्री स्टारमै रहने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर अनन्त तामाङसँगै मिडफिल्डर सन्जोक राई र निशान खड्का ललितपुरे क्लब रुस्लान थ्री स्टारमै रहने भएका छन् । तीनै खेलाडी अघिल्लो सिजन पनि थ्री स्टारमै रहेका थिए । थ्री स्टारले स्मारक ‘ए’ डिभिजनसँगै राष्ट्रिय लिगका लागि उनीहरुको सम्झौता लम्ब्याएको हो । उनीहरुले दुई वर्षको नविकरण गरेका छन् […]

35 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर अनन्त तामाङसँगै मिडफिल्डर सन्जोक राई र निशान खड्का ललितपुरे क्लब रुस्लान थ्री स्टारमै रहने भएका छन् ।

तीनै खेलाडी अघिल्लो सिजन पनि थ्री स्टारमै रहेका थिए । थ्री स्टारले स्मारक ‘ए’ डिभिजनसँगै राष्ट्रिय लिगका लागि उनीहरुको सम्झौता लम्ब्याएको हो । उनीहरुले दुई वर्षको नविकरण गरेका छन् । थ्री स्टारले यसअघि राष्ट्रिय टोलीकै युवा मिडफिल्डर आयुष घलानलाई पनि टोलीमा अनुबन्ध गरिसकेको छ ।

अनन्त, आयुष र सन्जोक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेका छन् । निशानले भने प्रारम्भिक चरणमा सामेल भएपनि दोस्रो चरणमा स्थान बनाउन सकेनन् । चोटका कारण अनन्तले गत वैशाखमा भएको फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल) खेलेनन् । उनले राष्ट्रिय टोलीबाट भने निरन्तर पहिलो रोजाइमा खेल्दै आएका छन् ।

गत चैतमा राष्ट्रिय टोलीमा डेब्यु गरेका सन्जोकले थ्री नेसन्स कपको उपाधि जित्दाका टोलीमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । काठमाडौं रेजर्स एनएसएल च्याम्पियन बन्दा उनी टोलीका सदस्य थिए । चोटका कारण सन्जोकले एनएसएलका अन्तिम खेलहरु गुमाएका थिए । यता, निशान एनएसएलको उपविजेता धनगढी एफसीमा आबद्ध थिए ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.