default_image

3 years ago

July 20, 2021

रियल म्याड्रिड, रामोस र जर्सी नम्बर ४

एजेन्सी – भेट्रान डिफेन्डर तथा कप्तान सर्जियो रामोसले स्पेनिस क्लब रियल म्याड्रिड छाडेपछि उनले रियलमा लगाइरहेको ४ नम्बर जर्सी अहिलेसम्म कसैलाई प्रदान गरिएको छैन । क्लबले नयाँ खेलाडीको रुपमा अष्ट्रियन अलराउन्डर डेविड अलाबालाई जर्मन क्लब बायर्न म्युनिखबाट अनुबन्ध गरेको छ । त्यसबाहेक रियलले पुरानै खेलाडीलाई निरन्तरता दिइरहेको छ । अब रियलमा रामोसले विरासत बनाएको ४ […]

37 views

0 Bookmark

एजेन्सी – भेट्रान डिफेन्डर तथा कप्तान सर्जियो रामोसले स्पेनिस क्लब रियल म्याड्रिड छाडेपछि उनले रियलमा लगाइरहेको ४ नम्बर जर्सी अहिलेसम्म कसैलाई प्रदान गरिएको छैन ।

क्लबले नयाँ खेलाडीको रुपमा अष्ट्रियन अलराउन्डर डेविड अलाबालाई जर्मन क्लब बायर्न म्युनिखबाट अनुबन्ध गरेको छ । त्यसबाहेक रियलले पुरानै खेलाडीलाई निरन्तरता दिइरहेको छ । अब रियलमा रामोसले विरासत बनाएको ४ नम्बर जर्सी कसले लगाउने भन्ने कौतुहलताको विषय बनेको छ ।

हालसम्म कुनै पनि खेलाडीले रियलले ४ नम्बर जर्सी प्रदान गरेको छैन । खेलाडीले पनि ४ नम्बरको जर्सीमा दावी गरेको छैन । खेलाडीहरू आफूलाई मनपर्ने जर्सी लगाउन चाहन्छन् । क्लब भित्र जर्सी नम्बरको कुरामा टिम सहयात्रीहरुबीच विवाद भएको धेरै घटनाहरू बाहिर आइरहेका छन् । रियलमा यो ४ नम्बर जर्सी डेविड अलाबा अथवा क्यासमिरोले लगाउने सम्भावना छ ।

रियलका स्टार सेन्टरब्याक रामोसले क्लबसँग नयाँ सम्झौता गरेनन् । दुईपक्षबीच सम्झौता विस्तारको लागि धेरै छलफल भएपनि सहमतिमा पुग्न नसक्दा उनी फ्रि एजेन्टको रुपमा फ्रान्सेली क्लब पीएसजीमा २ वर्षको लागि अनुबन्धित भए । उनले पीएसजीमा आफ्नो ४ नम्बर जर्सी नै रोजे ।

रियलमा १६ वर्ष बिताएका उनी क्लबको एक लेजेण्ड खेलाडीको रुपमा स्थापित छन् । टोलीमा उनको धेरै सम्मान थियो । अहिले उनी क्लबमा रहेपनि टिम भित्र उनको लागि धेरै सम्मान रहेको देखिन्छ । उनले सन् २००५ देखि २०२१ सम्म क्लबमा ४ नम्बरको जर्सीमा खेले ।

रियलको उक्त जर्सीले नै धेरैलाई रामोसको याद गराउने गर्छ । रामोसले क्लब छाडेपछि हाल उक्त जर्सी नम्बर अन्य खेलाडीहरूको लागि उपलब्ध रहेपनि कुनैपनि खेलाडीले पनि सो जर्सी लगाउने बारे कुरा नगरेको जानकारी छ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्धको एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधवार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप गुआर्डिओलाले […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्याएर अल फयामाथि ३–१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले दुई तथा अब्दुलेह अल एम्रीले एक गोल गरे । अल फयाका फेसन […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.