default_image

3 years ago

July 21, 2021

भिनि बेच्ने योजना छैन – रियल

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले आफ्नो ब्राजिली युवा विंगर भिनिसियस जुनियरलाई बेच्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ । भिनिसियसको नाम पछिल्लो समय इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग जोडिएको थियो । अन्तर्राष्ट्रिय सञ्चार माध्यममा फ्रान्सेली केलियन एमबाप्पे अनुबन्धको लागि रियलले भिनिसियससँगै राफउल भरान लगायतका केही खेलाडीहरुलाई बेच्ने योजना बनाएको समाचार छापिएको थियो । रियल एमबाप्पे अनुबन्धको लागि […]

44 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले आफ्नो ब्राजिली युवा विंगर भिनिसियस जुनियरलाई बेच्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ । भिनिसियसको नाम पछिल्लो समय इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग जोडिएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यममा फ्रान्सेली केलियन एमबाप्पे अनुबन्धको लागि रियलले भिनिसियससँगै राफउल भरान लगायतका केही खेलाडीहरुलाई बेच्ने योजना बनाएको समाचार छापिएको थियो । रियल एमबाप्पे अनुबन्धको लागि आवश्यक रकम जुटाउन खोजिरहेको छ । यद्धपि रियलले एमबाप्पेलाई अर्काे समरमा मात्रै अनुबन्ध गर्ने सम्भावना छ ।

युनाइटेडले २१ वर्षीय भिनिसियसको लागि पनि मोटो रकम खर्चने लागेको र बर्नबेउमा कोही पनि भिनिलाई हेर्न नचाहेको भन्ने समाचार बाहिरिएको थियो । तर, यसमा कुनै सत्यता नरहेको रियलले स्पष्ट पारेको छ । रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेज उनीबाट मोहित छन् । उनी विश्वास गर्दछन् कि उनी विश्वको सर्वश्रेष्ठ खेलाडीमध्ये एक हुनेछन् ।

प्रशिक्षक कार्लाे एन्सेलोटीले पनि भिनिसियसलाई कम्तिमा एक सिजन क्लबमै चाहेका छन् । रियलमा युरोप बाहिरको खेलाडीको प्रतिस्पर्धाको लागि रियलले कम्तीमा पनि ६० मिलियन पाउन्डको प्रस्ताव आएको खण्डमा विचार गर्न बाध्य हुन सक्नेछ । भिनि, रोड्रिगो, इडर मिलिसाओ र ताकेफुसा कुवोमध्ये एक खेलाडी यो सिजन ट्रान्सफर वा लोनमा टोलीबाट बाहिरिनेछन् ।

अघिल्लो सिजनको प्रदर्शनको आधारमा कुवो नै लोनमा बाहिर जाने सम्भावना छ । तर, रियल आफ्ना युवा प्रतिभालाई गुमाउन चाहदैन । अब युनाइटेडले भिनिसियसको लागि यो मोटो रकमको प्रस्ताव ल्याउन कठिन छ । किनकि रेड डेभिलले जेडान सान्चोको लागि ७३ मिलियन पाउन्ड खर्चने योजना बनाइरहेको छ । त्यसैले केही समयको लागि युनाइटेड अर्का विंगरको लागि यति धेरै मोटो रकम खर्चन चाहदैनन् ।

भिनिसियस २०१८ मा ब्राजिली क्लब फ्लामेङ्गोबाट ४६ मिलियन युरोमा रियलमा आबद्ध भएका थिए । केही समय रियलको ‘बी’ टिम क्यास्टिलामा बिताएपछि उनी सिधै रियलको सिनियर टोलीमा आएका थिए । उनले रियलबाट तीन सिजनमा ११८ खेल खेल्दा १६ गोल गरेका छन् ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.