default_image

3 years ago

July 20, 2021

फ्रेन्ड्स क्लबमा नयाँ कार्यसमिति

काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन क्लब फ्रेन्ड्स क्लब कुपण्डोलको नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिमा ११ जना हुनुपर्ने भएपनि तत्काललाई दीपक थापाको अध्यक्षतामा सोमबार १० सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । एक वरिष्ठ उपाध्यक्ष नियुक्त गर्न बाँकी रहेको नवनियुक्त अध्यक्ष दीपक थापाले जानकारी गराए । क्लबका मुख्य संरक्षक नरसिंह व्यञ्जनकारले बुधबार सोमबार […]

21 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन क्लब फ्रेन्ड्स क्लब कुपण्डोलको नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिमा ११ जना हुनुपर्ने भएपनि तत्काललाई दीपक थापाको अध्यक्षतामा सोमबार १० सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

एक वरिष्ठ उपाध्यक्ष नियुक्त गर्न बाँकी रहेको नवनियुक्त अध्यक्ष दीपक थापाले जानकारी गराए । क्लबका मुख्य संरक्षक नरसिंह व्यञ्जनकारले बुधबार सोमबार पदाधिकारी तथा सदस्यलाई सपथ गराएको क्लबले विज्ञप्तीमार्फत जनाएको छ । क्लबको उपाध्यक्षमा ध्रुवलाल तण्डुकार र अनिल श्रेष्ठ, सचिवमा राजेन्द्रप्रसाद विडारी र कोषाध्यक्षमा राजु केसी छन् । त्यस्तै सदस्यमा कल्पना रोक्का, बेखा श्रेष्ठ, साहिला महर्जन, विक्रम खनाल र सरोज केसी छन् ।

फ्रेन्ड्सले सोमबार ए डिभिजनका अन्य ३ क्लबसँगको सहकार्यगमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले एकपक्षिय रुपमा असोज ३ गतेबाट लिग सञ्चालन गर्ने घोषणा गरेकोमा असहमति जनाउँदै क्बलहरुको बैठक बोलाउने माग गरेको छ ।

फ्रेन्ड्सका अध्यक्ष थापासहित जावलाखेल युथ क्लबका अध्यक्ष महेन्द्र क्षेत्री, थ्री स्टार क्लबका महासचिव सन्जिव शिल्पकार र ब्रिगेड ब्वाइज क्लबका अध्यक्ष डा. लालकुमार पुनले मंगलबार संयुक्त रुपमा एन्फालाई पत्र बुझाएका छन् । एन्फा अध्यक्षलाई सम्बोधन गरेको पत्र ए डिभिजन क्लबका पदाधिकारी महासचिव इन्द्रमान तुलाधरले बुझाएका थिए ।

एन्फाबाट असार ३१ गते कर्मचारीको इमेबलबाट पठाएको पत्रमा २०७८ साउन १० गते भित्र टिम दर्ताका लागि पत्र पठाइएकोमा हामी ४ वटा क्लबहरुको असहमति रहेको जानकारी गराउन चाहन्छौं । असार १४ गते एन्फा र ए डिभिजन क्लबहरुको संयुक्त बैठकमा लिग प्रतियोगिताको मार्केटिङका लागि मात्र मिति तय गरौं भन्ने अध्यक्ष ज्यूको विशेष अनुरोध अनुसार हाललाई लिग असार ३ गतेका लागि तय गरि अन्य विषयमा छलफल गर्न छिट्टै सम्पूर्ण क्लबहरुसँग बस्ने निर्णय भएको थियो, पत्रमा भनिएको छ,‘ उक्त सहमति अनुसार नभई एन्फाबाट टिम दर्ता सम्बन्धि एकपक्षिण रुपमा पत्र पठाएको कुरामा असहमति जनाउँदै ए डिभिजन क्लबहरुको यथाशीघ्र बैठक बोलाउन हार्दिक अनुरोध गर्दछ ।

कोभिडको भयावह स्थितिमा पनि ए डिभिजन लिग आयोजनक गर्न कुनै पनि हालमा उपयुक्त नभएको ठहर गर्दै ४ क्लबले संक्रमण दरमा अत्याधिक कमि आइसकेपछि मात्र लिगलगायत फुटबल गतिविधि गर्न उपयुक्त हुने सुझाव दिएका छन् । साथै उनीहरुले एन्फा अध्यक्ष, पदाधिकारी, सदस्यलाई यो विषयलाई गम्भिरतापूर्वक लिन आग्रह समेत गरेका छन् ।

केहि ए डिभिजन क्लबले भने खेलाडी आबद्ध गर्नेदेखि लिगलाई लक्षित गर्दै तयारी सुरु गरिसकेका छन् । ४ क्लबको यो सहमति पछि अब ए डिभिजन लिग तोकिएको मितिमा हुनेमा शंका बढेको छ । २०७६ मा पछिल्लो पटक आयोजना भएको ए डिभिजन लिग मछिन्द्र क्लबले जितेको थियो ।

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.