default_image

3 years ago

July 20, 2021

एन्फा बैठक छिट्टै डाक्न अध्यक्ष शेर्पा सहमत

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक छिट्टै बोलाउने विषयमा एन्फा पदाधिकारीबीच सहमति भएको छ । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, महासचिव इन्द्रमान तुलाधर र प्रवक्ता किरण राईसहित बैठक माग गर्ने पदाधिकारी र सदस्यबीच मंगलबार भएको छलफल पछि छिट्टै बैठक डाक्ने सहमति भएको एन्फा वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङले जानकारी दिए […]

67 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक छिट्टै बोलाउने विषयमा एन्फा पदाधिकारीबीच सहमति भएको छ ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, महासचिव इन्द्रमान तुलाधर र प्रवक्ता किरण राईसहित बैठक माग गर्ने पदाधिकारी र सदस्यबीच मंगलबार भएको छलफल पछि छिट्टै बैठक डाक्ने सहमति भएको एन्फा वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङले जानकारी दिए । नेम्बाङसहित, उपाध्यक्ष कृष्णबहादुर थापा, उपाध्यक्ष वीरबहादुर खड्का र सदस्य दावा लामाले आइतबार अध्यक्ष शेर्पासँग बैठक माग गर्दै महासचिव तुलाधरलाई पत्र बुझाएका थिए ।

‘अध्यक्ष ज्यू , महासचिव , प्रवक्ता र हामी बैठक माग गर्नेबीच आज छलफल भयो,’वरिष्ठ उपाध्यक्ष नेम्बाङले भने,’सचिवालयले सबै तयारी पूरा गरेर छिटो भन्दा छिटो केन्द्रिय समितिको बैठक राख्नेमा अध्यक्ष ज्यू सहमत हुनुभएको छ।’ एन्फाले साफको उमेर समूह र थ्री नेसन्स कपको विजेता टोलीलाई दिने नगद पुरस्कारका विषयमा पनि छलफल भएको थियो । पुरस्कार राशीमध्ये ५० प्रतिशत पुरस्कार तुरुन्दै दिने गरि प्रक्रिया अघि बढाउने विषयमा पनि सहमति भएको नेम्बाङले जानकारी दिए ।

पदाधिकारीहरुबीच असोज ३ गते देखिका लागि तय भएको सहिद स्मारक ए डिभिजन लिग सञ्चालनका विषयमा ४ वटा क्लबले राखेको असहमतिका विषयमा पनि छलफल भएको बताइएको छ । ‘ए डिजिभन लिग र राष्ट्रिय लिगका विषयमा क्लबहरुको पत्र आएका छन्,’ उनले भने, ‘ती विषयमा छलफल गर्नका लागि पनि सहभागी क्लबहरुको बैठक डाकेर उठेका विषयलाई टुंगो लगाउने सहमति भएको छ ।’

जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, थ्री स्टार क्लब र ब्रिगेड ब्वाइज क्लबले मंगलबार संयुक्तरुपमा एन्फा अध्यक्षलाई पत्र लेख्दै एन्फाले असोज ३ गतेबाट सुरु हुने लिगमा आफूहरुको असहमति रहेको भन्दै छिट्टै क्लबहरुको बैठक डाक्न माग गरेको थियो ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.