default_image

3 years ago

July 21, 2021

‘क्लासिको लेजेन्ड’ मा रियलको रोमाञ्चक जित

एजेन्सी – क्याटलान क्लब बार्सिलोना र स्पेनिस क्लब रियल म्याड्रिडबीच हुने क्लासिको अन्तरगतको लेजेन्ड एल क्लासिकोमा रियलले जित हात पारेको छ । इजरायलस्थित ब्लुमफिल्ड रंगशालामा मंगलबार राति भएको खेलमा रियलले एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै ३–२ को रोमाञ्चक जित हात पारेको हो । रियलको जितमा पेड्रो मुनिटिस, अलफन्सो पेरेज र रुबेन डे ला रेडले […]

59 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोना र स्पेनिस क्लब रियल म्याड्रिडबीच हुने क्लासिको अन्तरगतको लेजेन्ड एल क्लासिकोमा रियलले जित हात पारेको छ ।

इजरायलस्थित ब्लुमफिल्ड रंगशालामा मंगलबार राति भएको खेलमा रियलले एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै ३–२ को रोमाञ्चक जित हात पारेको हो । रियलको जितमा पेड्रो मुनिटिस, अलफन्सो पेरेज र रुबेन डे ला रेडले गोल गरेका थिए । बार्सिलोनाका रोनाल्डिन्हो र जोफ्रे माटिउले गोल गरे ।

खेलको २८औं मिनेटमा रोनाल्डिन्होले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । एन्टोनियो नुनेजले जेभियर साभिओलालाई पेनाल्टी बक्समा लडाएपछि रेफ्रीले बार्सिलोनालाई पेनाल्टी प्रदान गरेको थियो ।

पहिलो हाफको अन्त्यतिर पेड्रो मुनिटिस र अलफन्सो पेरेजले दुई मिनेटको अन्तरमा दुई गोल गरेपछि रियलले खेलमा २–१ को अग्रता लिएको थियो । त्यसपछि ६०औं मिनेटमा जोफ्री मटिउले गोल गरेपछि खेल २–२ गोलको बराबरीमा पुगेको थियो । ६९औं मिनेटमा रुबेन डे ला रेडले गोल गर्दै रियललाई ३–२ को रोमाञ्चक जित दिलाए ।

उक्त खेलमा २५ हजार बढी समर्थकलाई मैदान प्रवश गराइएको थियो । बार्सिलोनाबाट रोनाल्डिन्होसँगै रिभाल्डोले पनि खेलेका थिए । रियलबाट रोबर्टाे कार्लाेस र लुइस फिगोलगायतले खेलेका थिए ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.