default_image

3 years ago

July 22, 2021

बार्सिलोनाको ग्रिजमन बेच्ने प्रयास

एजेन्सी – युरोपियन फुटबलको सरुवा बजारमा नयाँ चर्चा सुरु भएको छ । बार्सिलोनाले एन्टोइन ग्रिजमनलाई लिएर नयाँ योजना अघि सारेको बताइएको छ । जब कि उनको एट्लेटटिको म्याड्रिडसँग सहमति हुन सकेन । बार्सिलोनाले उनका लागि चर्को मुल्य माग गरेको बताइएको छ । पछिल्लो पटक भने बार्सिलोनाले ग्रिजमनसँग युभेन्ट्सका पाउलो डेबाला साट्ने विषयमा छलफल अघि बढाउन […]

45 views

0 Bookmark

एजेन्सी – युरोपियन फुटबलको सरुवा बजारमा नयाँ चर्चा सुरु भएको छ । बार्सिलोनाले एन्टोइन ग्रिजमनलाई लिएर नयाँ योजना अघि सारेको बताइएको छ । जब कि उनको एट्लेटटिको म्याड्रिडसँग सहमति हुन सकेन ।

बार्सिलोनाले उनका लागि चर्को मुल्य माग गरेको बताइएको छ । पछिल्लो पटक भने बार्सिलोनाले ग्रिजमनसँग युभेन्ट्सका पाउलो डेबाला साट्ने विषयमा छलफल अघि बढाउन सक्ने चर्चा छ । ग्रिजमनको चर्को पारिश्रमिकका कारण पनि बार्सिलोना विकल्पका बारेमा सोचिरहेको चर्चा चलेको हो ।

फ्रान्सेली सञ्चारमाध्यमका अनुसार दुई क्लबबीच खेलाडी सट्टाका बारेमा प्रारम्भिक चर्चा भएको छ । ग्रिजमनको प्रदर्शनका कारण नभई आर्थिक कारणले बार्सिलोना उनलाई विक्री गर्न चाहिरहेको चर्चा केहि अघिबाट सुरु भएको हो । ग्रिजमन क्लबबाट सर्वाधिक आम्दानी खेलाडी मध्ये पर्दछन् ।

छुट्टि सकेर ग्रिजमन यसैसाता टोलीको अभ्यासमा फर्केका छन् । गत सिजन क्लबका सर्वाधिक खेल्ने खेलाडीमध्ये ग्रिजमन एक हुन् । उनले गत सिजन ५१ खेल खेल्दै १९ गोल गरेका थिए ।

डेबाला गत वर्ष घुँडाको चोट कारण लामो समय मैदान बाहिर रहे । उनले गत सिजन १८ खेल गुमाएका थिए । त्यसका वावजुद पनि युभेन्ट्सका लागि २० खेल खेल्दा उनले ५ गोल गरेका थिए ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.