default_image

3 years ago

July 21, 2021

एनआरटी र सातदोबाटोले एकेडेमी संचालन गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – न्युरोड टिम (एनआरटी) र सातदोबाटो युथ क्लबले फुटबल एकेडेमी चलाउनको लागि क्रमश: ल्याब्रेटोरी स्कुल, कीर्तिपुर र लिटिल एन्जल्र्स (एलए) स्कुल ललितपुरसँग सम्झौता गरेका छन् । क्लब, स्कुल र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच बुधबार एन्फा कम्प्लेक्स सातदोबाटोमा एक विशेष कार्यक्रमको आयोजना गर्दै त्रिपक्षीय सम्झौता भएको हो । एनआरटीले ल्याब स्कुल र सातदोबाटोले […]

23 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – न्युरोड टिम (एनआरटी) र सातदोबाटो युथ क्लबले फुटबल एकेडेमी चलाउनको लागि क्रमश: ल्याब्रेटोरी स्कुल, कीर्तिपुर र लिटिल एन्जल्र्स (एलए) स्कुल ललितपुरसँग सम्झौता गरेका छन् ।

क्लब, स्कुल र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच बुधबार एन्फा कम्प्लेक्स सातदोबाटोमा एक विशेष कार्यक्रमको आयोजना गर्दै त्रिपक्षीय सम्झौता भएको हो । एनआरटीले ल्याब स्कुल र सातदोबाटोले एलए स्कुलसँग ६ वर्षको लागि सम्झौता गरेका हुन् ।

सम्झौता अनुसार पहिलो वर्ष १४ मध्ये ७ खेलाडी एकेडेमीमा प्रवेश गर्नेछन् । उनीहरुले स्कुलमा अध्ययन र प्रशिक्षण लिनेछन् । दोस्रो वर्ष क्लबले १४ खेलाडी उपलब्ध गराउनुपर्नेछ । त्यसपछि २१ खेलाडीले स्कुलमा अध्ययनसँगै प्रशिक्षण लिनेछन् ।

सातदोबाटो युथ क्लबका अध्यक्ष कपिल रानामगर र एलएका प्रिन्सिपल मुकुन्दराज शर्माले सम्झौतामा हस्ताक्षर गरे । सम्झौतासँगै एकेडेमी एलएएस–सातदोबाटो युथ एकेडेमीको नामबाट सञ्चालन हुनेछ । सातदोबाटोले शीर्ष डिभिजनमा पुगेको पहिलो वर्ष नै युथ एकेडेमीका लागि स्कुलसँग सम्झौता गरेको हो ।

पाँच पटकको लिग च्याम्पियन एनआरटीका अध्यक्ष सुन्दर जोशी र ल्याब स्कुलका प्रिन्सिपल लाक्पा शेर्पाले सम्झौतामा हस्ताक्षर गरे । एकेडेमी ल्याब्रेटोरी एनआरटी युथ एकेडेमीको नाममा सञ्चालन हुनेछ ।

एन्फाको तर्फबाट एन्फाका उपाध्यक्ष र ग्रासरुट्स र युथ संयोजक उपेन्द्रमान सिंहले सम्झौतामा हस्ताक्षर गरे । यसअघि संकटा क्लबले नेक्सस स्कुलसँग एकेडेमी सञ्चालनका लागि सम्झौता गरिसकेका छन् ।

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.