default_image

3 years ago

July 22, 2021

चेल्सीले हाजार्ड फर्काउन प्रयास गर्ने

एजेन्सी – इंग्लिस क्लब चेल्सीले आफ्नो पुर्व बेल्जियन फरवार्ड इडेन हाजार्डलाई क्लबमा फर्काउन प्रयास थालेको छ । हाजार्ड २०१९ मा ८८ मिलियन पाउन्डमा स्पेनिस क्लब रियल म्याड्रिडमा पुगेका थिए । चोटका कारण रियलमा कठिन २ वर्ष बिताएका ३० वर्षीय हाजार्डले गत सिजन २१ खेलमा मात्रै मौका पाएका थिए । हाजार्डले रियलमा दुई सिजनमा ५ गोल […]

55 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब चेल्सीले आफ्नो पुर्व बेल्जियन फरवार्ड इडेन हाजार्डलाई क्लबमा फर्काउन प्रयास थालेको छ । हाजार्ड २०१९ मा ८८ मिलियन पाउन्डमा स्पेनिस क्लब रियल म्याड्रिडमा पुगेका थिए ।

चोटका कारण रियलमा कठिन २ वर्ष बिताएका ३० वर्षीय हाजार्डले गत सिजन २१ खेलमा मात्रै मौका पाएका थिए । हाजार्डले रियलमा दुई सिजनमा ५ गोल मात्रै गर्न सफल भएका थिए । चेल्सीमा भने उनको प्रदर्शन गज्जवको रहेको थियो । हाजार्ड २०१२ मा फ्रान्सेली क्लब लिलबाट लन्डन क्लब चेल्सीमा पुगेका थिए । हाजार्डले चेल्सीमा ७ सिजन बिताउँदा ३५२ खेलमा ११० गोल गरेका छन् ।

स्पेनिस पत्रिका एएसका अनुसार चेल्सीले यसै समरमा हाजार्डका लागि ५१ मिलियन पाउन्ड खर्चन तयार रहेको छ । रियल पनि यो मुल्यमा हाजार्डलाई बेच्न खुशी रहेको बुझिएको छ । चेल्सीले नर्वेजियन एर्लिङ ब्राउट हालान्डलाई अनुबन्ध गर्ने प्रयास पनि गरिरहेको छ । रियलमा हाजार्ड आफ्नो प्रदर्शनबाट आफैपनि खुशी हुन नसकिरहेको अवस्थामा रियलका समर्थक, आफ्नै समर्थक पनि खुशी हुन सकेका छैनन् ।

रियल यसै सिजनको च्याम्पियन्स लिगको सेमिफाइनलमा चेल्सीसँग पराजित भएपछि हाजार्डले आफ्नो पुर्व सहकर्मीसँग बस्दै हासेको तस्विर खिचाएपछि समर्थक झनै रुस्ट बनेको थियो । हाजार्ड २०१९ मा रियल आएपछि पहिलोपटक स्टामफोर्ड ब्रिज पुगेका थिए । उक्त घट्नापछि हाजार्डले माफीसमेत माग्नुपरेको थियो ।

हाजार्ड क्लबमा फर्किए चेल्सीका जर्मन फरवार्ड टिमो वेर्नरले क्लब छाड्ने चेतावानी दिएका छन् । जर्मन फरवार्ड गत सिजन आरबी लाइप्जिगबाट ५३ मिलियन पाउन्डमा चेल्सी पुगेका थिए । तर, उनले चेल्सीमा आफ्नो पहिलो सिजनलाई सुखद बनाउन सकेनन् । उनले लगातार गोल गर्न चुक्दा उनको चर्काे आलोचना भएको थियो । उनले गत सिजन प्रिमियर लिगमा मात्रै ६ गोल गर्न सफल भएका थिए ।

थोमस टुचेलको प्रशिक्षणमा उनले च्याम्पियन्स लिग जितेपनि चेल्सीले नयाँ फरवार्ड खोजिरहँदा उनी खुशी नरहेको बताएका छन् । २५ वर्षीय हाजार्डले गत सिजन चेल्सीका लागि १२ गोल र १५ असिस्ट दिएका थिए ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.