default_image

3 years ago

July 28, 2021

मेस्सीसँग खेल्ने डिपाएको सपना

एजेन्सी – यसै समरमा क्याटलान क्लब बर्सिलोनामा अनुबन्ध भएका डच फरवार्ड मेम्फिस डिपाएले बार्सिलोना र लियोनेल मेस्सीसँग खेल्ने आफ्नो बाल्यकालदेखिको सपना रहेको र त्यो पुरा हुन लागेको बताएका छन् । बार्सिलोनाले डिपाएलाई बिहीबार क्लबमा आधिकारिक रुपमा सार्वजनिक गरेको थियो । सोही अवसरमा उनले यस्तो बताएका हुन् । ‘मेस्सीसँग खेल्नु मेरो सपना थियो । किनभने उनी […]

62 views

0 Bookmark

एजेन्सी – यसै समरमा क्याटलान क्लब बर्सिलोनामा अनुबन्ध भएका डच फरवार्ड मेम्फिस डिपाएले बार्सिलोना र लियोनेल मेस्सीसँग खेल्ने आफ्नो बाल्यकालदेखिको सपना रहेको र त्यो पुरा हुन लागेको बताएका छन् ।

बार्सिलोनाले डिपाएलाई बिहीबार क्लबमा आधिकारिक रुपमा सार्वजनिक गरेको थियो । सोही अवसरमा उनले यस्तो बताएका हुन् । ‘मेस्सीसँग खेल्नु मेरो सपना थियो । किनभने उनी विश्वका सर्वश्रेष्ठ खेलाडी हुन्,’ डिपाएले भने, ‘मैले सर्वश्रेष्ठ खेलाडीसँग खेल्दै सम्वन्ध राख्ने अवसर पाएको छु ।’

डिपाए फ्रान्सेली क्लब लियोनबाट बार्सिलोनामा आएका थिए । उनले बार्सिलोनासँग २ वर्षको सम्झौता गरेका छन् । २७ वर्षीय डिपाए मेस्सीसम्मिलित बार्सिलोनाको टोलीमा रहनेछन् । तर, मेस्सीले बार्सिलोनासँग सम्झौता नविकरण गरिसकेका छैनन् ।

उनले बार्सिलोनासँग सम्झौता नविकरण गर्ने सम्भावना छ । यो अवस्थामा डिपाए ६ पटकको बालोन डि ओर जित्ने मेस्सीसँग खेल्न आतुर छन् । अर्जेन्टिनालाई कोपा अमेरिका कप जिताएका र कोपाको सर्वाधिक गोलकर्तासहित गोल्डेन बुट विजेता ३४ वर्षीय मेस्सी अहिले भने छुट्टिमा छन् ।

‘उनी लेजेन्ड हुन् । विश्वका सर्वश्रेष्ठ खेलाडी हुन् । कोपामा के गरे भन्ने सबैलाई थाहा छ । म उनीसँग खेल्नको लागि उत्सुक छु । उनको गुण निसन्देह छ । मैले दौडनुपर्छ मलाई बल पक्कै आउनेछ,’ डिपाएले भने, ‘विश्वका जो कोही पनि म जस्तै उनीसँग खेल्न चहान्छन् । मैले हिजो बार्सिलोनाको संग्रहालयको निरिक्षण गरे । मैले त्यहाँ बार्सिलोनाले जितेको थुप्रै ट्रफीसँगै मेस्सीले जितेको बालोन डि ओरको ट्रफी पनि देखे । फेरि अर्काे पनि आउन सक्नेछ ।’

गोलका अनुसार मेस्सीले बार्सिलोनासँग ५ वर्षको सम्झौता नविकरण गरेका छन् । तर यस विषयमा मेस्सी र बार्सिलोनाले केही बोलेका छैनन् । मेस्सी जुनको अन्त्यसँगै फ्रि एजेन्ट बनेका छन् ।

डिपाए बार्सिलोना आउनुमा डच टोलीका पुर्व प्रशिक्षक रोनाल्ड कोम्यानको पनि मुख्य भुमिका छ । कोम्यानले गत सिजन नै डिपाएलाई क्लबमा ल्याउने प्रयास गरेपनि यसपटक सफल भएको हो ।

डिपाए सन् २०११ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा अनुबन्ध भएका थिए । दुई सिजन युनाइटेडमा बिताएपछि उनी फ्रान्सेली क्लब लियोनमा पुगेका थिए । उनले लियोनमा १७८ खेलमा ७६ गोल गर्नुका साथै ५५ असिस्ट दिएका थिए ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.