default_image

3 years ago

July 27, 2021

टोरेस एट्लेटिको म्याड्रिड फर्किए

एजेन्सी – स्पेनिस राष्ट्रिय टोलीका पुर्व फरवार्ड फर्नान्डो टोरेस फरक भुमिकामा आफ्नो पुर्व स्पेनिस क्लब एट्लेटिको म्याड्रिडमा फर्किएका छन् । ३७ वर्षीय टोरेस प्रशिक्षकको भुमिकामा एट्लेटिकोमा फर्किएका हुन् । अब उनले एट्लेटिकोको यु-१९ टोली सम्हाल्नेछन् । उनले सोमबार देखि नै एट्लेटिकोको यु–१९ टोलीको प्रशिक्षण सम्हालेका छन् । म्याड्रिडमा फर्किएपछि टोरेसले ‘घरमा फर्कंदा गर्व र खुशी’ […]

109 views

0 Bookmark

एजेन्सी – स्पेनिस राष्ट्रिय टोलीका पुर्व फरवार्ड फर्नान्डो टोरेस फरक भुमिकामा आफ्नो पुर्व स्पेनिस क्लब एट्लेटिको म्याड्रिडमा फर्किएका छन् ।

३७ वर्षीय टोरेस प्रशिक्षकको भुमिकामा एट्लेटिकोमा फर्किएका हुन् । अब उनले एट्लेटिकोको यु-१९ टोली सम्हाल्नेछन् । उनले सोमबार देखि नै एट्लेटिकोको यु–१९ टोलीको प्रशिक्षण सम्हालेका छन् । म्याड्रिडमा फर्किएपछि टोरेसले ‘घरमा फर्कंदा गर्व र खुशी’ लागेको लेखेका छन् ।

‘अब यो एक रोमाञ्चकारी चुनौतीमा अग्रसर हुने समय आएको छ । हामी यसलाई हाम्रो प्यारो एट्लेटिकोको सेवा जारी राख्ने उद्देश्यले गर्नेछौं,’ टोरेसले भने । एट्लेटिकोको एकेडेमीमा हुर्किएका टोरेसले सन् १९९५ देखि २००१ सम्म एकेडेमीमा बिताएका थिए ।

त्यसपछि उनले २००७ सम्म एट्लेटिकोको सिनियर टोलीबाट खेलेका थिए । त्यसपछि इंग्लिस क्लब लिभरपुल पुगेका टोरेसले इंग्लिस क्लब चेल्सी र इटालियन क्लब एसी मिलान हुँदै पुन एट्लेटिको फर्किएका थिए ।

२०१८–१९ को सिजनमा उनी जापानी क्लब सागन टुसुबट खेलेका थिए । त्यसपछि उनी व्यवसायिक खेलमा छैनन् । २०१४ देखि स्पेनको राष्ट्रिय टोलीमा नरहेका टोरेसले स्पेनबाट ११० खेलमा ३८ गोल गरेका छन् ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.