default_image

3 years ago

July 27, 2021

शेर्पाका कप्तान मानबहादुर सातदोबाटोमा अनुबन्धित

काठमाडौं (हाम्रो खेलकुद) – ‘ए’ डिभिजन क्लब हिमालयन शेर्पाका कप्तान मानबहादुर तामाङ ‘ए’ डिभिजनको नव प्रवेशी सातदोबाटो युथ क्लबमा अनुबन्धित भएका छन् । मानबहादुर र सातदोबाटोबीच मंगलबार सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौता लिग अवधिभरको लागि रहेको बुझिएको छ । मानबहादुरले यसअघि नै शेर्पा छाड्ने निर्णय गरेका थिए । उनले लामो समयदेखि टोलीको कप्तानी गर्दै आएका थिए  । पोखराका मानले गत जेठमा […]

47 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ‘ए’ डिभिजन क्लब हिमालयन शेर्पाका कप्तान मानबहादुर तामाङ ‘ए’ डिभिजनको नव प्रवेशी सातदोबाटो युथ क्लबमा अनुबन्धित भएका छन् ।

मानबहादुर र सातदोबाटोबीच मंगलबार सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौता लिग अवधिभरको लागि रहेको बुझिएको छ । मानबहादुरले यसअघि नै शेर्पा छाड्ने निर्णय गरेका थिए । उनले लामो समयदेखि टोलीको कप्तानी गर्दै आएका थिए  । पोखराका मानले गत जेठमा सम्पन्न नेपाल सुपर लिगमा पोखरा थन्डर्सबाट खेलेका थिए । उनले पोखराको सहारा एकेडेमीबाट पनि खेलेका छन् ।

अन्य क्लबबाट पनि अफर आएपनि नव प्रवेशी सातदाबाटोको योजना राम्रो रहेको र नयाँ चुनौती लिन सातदोबाटो नै रोजेको बताए । एन्फा एकेडेमीको उत्पादन २८ वर्षीय मन बहादुरले शेर्पामा झन्डै ८ वर्ष बिताएका थिए । एन्फाबाट यु–१६ खेलेपछि रिलिज हुदा उनले दुई सिजन बौद्ध युथ क्लबबाट ‘ए’ डिभिजन लिग खेलेका थिए ।

शेर्पा कारवाहीमा पर्दा उनले केही समय विभागीय नेपाल एपिएफबाट खेलेका थिए । त्यसपछि पुनः उनी शेर्पामै फर्किएका थिए । राष्ट्रिय टोलीका समेत कप्तान रहेका पुर्व कप्तान सागर थापालगायतले सन् २०१४मा क्लब छाडेपछि मन बहादुरले शेर्पाको कप्तानी गर्ने मौका पाएका थिए ।

यस्तै सातदोबाटोले सुदुरपश्चिमका दीपक राज सिंह ठकुरी ‘विक्रम’ लाई पनि अनुबन्ध गरेको छ । पहिलोपटक ‘ए’ डिभिजन लिग खेल्ने तयारीमा रहेको सातदोबाटोले यसअघि पिटर सेगुन र स्यान्सु भुसाललाई पनि अनुबन्ध गरिसकेको छ । ‘ए’ डिभिजन लिग ३ असोजबाट हुने तालिका छ ।

राष्ट्रिय टोलीमा स्थान बनाएपनि मानबहादुरले डेब्यु गर्ने अवसर पाएका छैनन् । उनी एएफसी एसियन कप छनोट चरणको खेलसँगै १२ औं साग र बंगबन्धु गोल्डकपको उपाधि जित्दाका टोलीका सदस्य हुन् ।

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.