default_image

3 years ago

July 27, 2021

मनाङ मर्स्याङ्दीले पनि एकेडेमी चलाउने

काठमाडौं (हाम्रो खेलकुद) – सर्वाधिक ८ पटकको ए डिभिजन लिग च्याम्पियन मनाङ–मर्स्याङ्दी क्लबले पनि युथ एकेडेमी सञ्चालन गर्ने भएको छ । मनाङले युथ एकेडेमी सञ्चालनका लागि नेपाल आदर्श आवासिय विद्यालयसँग मंगलबार पोखरामा ६ वर्षको लागि सम्झौता गरेका छन् । सम्झौतामा मनाङका उपाध्यक्ष कर्मा छिरिङ गुरुङ, नेपाल आदर्श आवासिय विद्यालयको तर्फबाट प्रिन्सिपल कमल गुरुङ र एन्फको […]

49 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सर्वाधिक ८ पटकको ए डिभिजन लिग च्याम्पियन मनाङ–मर्स्याङ्दी क्लबले पनि युथ एकेडेमी सञ्चालन गर्ने भएको छ । मनाङले युथ एकेडेमी सञ्चालनका लागि नेपाल आदर्श आवासिय विद्यालयसँग मंगलबार पोखरामा ६ वर्षको लागि सम्झौता गरेका छन् ।

सम्झौतामा मनाङका उपाध्यक्ष कर्मा छिरिङ गुरुङ, नेपाल आदर्श आवासिय विद्यालयको तर्फबाट प्रिन्सिपल कमल गुरुङ र एन्फको तर्फबाट एन्फाका उपाध्यक्ष तथा ग्रासरुट र युथ कोर्डिनेटर उपेन्द्र मान सिंहले हस्ताक्षर गर्दै आदान प्रदान गरे । कार्यक्रममा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पासँगै अन्य केही पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

सम्झौता अनुसार पहिलो वर्ष १४ मध्ये ७ खेलाडी एकेडेमीमा प्रवेश गर्नेछन् । उनीहरुले स्कुलमा अध्ययन र प्रशिक्षण लिनेछन् । दोस्रो वर्ष क्लबले १४ खेलाडी उपलब्ध गराउनुपर्नेछ । त्यसपछि २१ खेलाडीले स्कुलमा अध्ययनसँगै प्रशिक्षण लिनेछन् ।

यससँगै मनाङ युथ एकेडेमी चलाउने चौथो सिभिल क्लब बनेको छ । यसअघि संकटा, न्युरोड टिम (एनआरटी) र सातदोबाटो युथ क्लबले एकेडेमी सञ्चालनको लागि विद्यालयसँग सम्झौता गरिसकेको छ । संकटाले नेक्सस, एनआरटीले ल्याब्रोटरी स्कुल र सातदोबाटोले लिटिल एन्जल्स स्कुल (एलए) सँगै एकेडेमीका लागि सम्झौता गरिसकेको छ । तीन विभागीय टोलीले पनि एकेडेमी सुरु गरिसकेका छन् ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.