default_image

3 years ago

July 28, 2021

मेस्सीकै प्रतीक्षामा बार्सिलोना

एजेन्सी – सुपर स्टार लिओनल मेस्सी अझै पनि बार्सिलोनाको प्रशिक्षणमा फर्केका छैनन् । कोपा अमेरिकाका विजेता टोली अर्जेन्टिनाका कप्तान मेस्सी अगष्ट २ बाट प्रि सिजन तयारीमा फर्कने अपेक्षा गरिएको छ । बार्सिलोना र मेस्सीबीच नयाँ सम्झौता हुने तय भएको दुई साता भन्दा बढी भइसकेको छ । तर औपचारिक रुपमा अझै घोषणा भने भएको छैन । […]

45 views

0 Bookmark

एजेन्सी – सुपर स्टार लिओनल मेस्सी अझै पनि बार्सिलोनाको प्रशिक्षणमा फर्केका छैनन् । कोपा अमेरिकाका विजेता टोली अर्जेन्टिनाका कप्तान मेस्सी अगष्ट २ बाट प्रि सिजन तयारीमा फर्कने अपेक्षा गरिएको छ ।

बार्सिलोना र मेस्सीबीच नयाँ सम्झौता हुने तय भएको दुई साता भन्दा बढी भइसकेको छ । तर औपचारिक रुपमा अझै घोषणा भने भएको छैन । क्लबले पनि उनीसँगको सम्झौताको दुविधा अब नरहेको मानेको छ । मेस्सी परिवारका साथ अहिले विदामा छन् । उनका प्रतिनिधि बार्सिलोनाको सम्पर्कमा रहेको र उनी फर्केपछि नयाँ सम्झौतामा हस्ताक्षर हुने बताइएको छ ।

अबको सम्झौता ५ वर्षको हुने यसअघि नै सार्वजनिक भएको थियो । त्यसका कारण पनि क्लबले सम्झौता ढिला हुँदा पनि खासै हतारिएको देखिन्न, किनकी उनी बार्सिलोनाबाट अन्यत्र नजानेमा क्लब ढुक्का छ । क्लबका अध्यक्ष जोन लापोर्टाले जहिले पनि मेस्सी क्लबमै रहने बताउँदै आएका थिए ।

कोरोना महामारीका कारण अन्य क्लबमा जस्तो बार्सिलोनालाई पनि आर्थिक रुपमा कठिनाई भइरहेको बताइन्छ । जसका कारण क्लबले खर्च घटाउनका लागि अनेक प्रयास गरिरहेको छ । मेस्सीले पनि पारिश्रमिक घटाउने प्रस्ताव स्वीकार गरेको यसअघि बताइएको छ । मिरालिम प्यानिच पुन: इटाली फर्कने सम्भावना छ भने एन्टोइन ग्रिजमनको विषयमा के गर्ने भन्नेमा पनि क्लबले प्रयास गरिरहेको छ ।

मेस्सीले पारिश्रमिक भन्दा पनि प्रतिस्पर्धात्मक टोली बनाउनुपर्नेमा आफ्नो चासो राख्दै आएका छन् । तर यस्तो कठिनाको अवस्थामा पनि बार्सिलोनाले भने इरिक गार्सिया, सर्जियो अगुएरो, माम्फिस डिपे र एमर्सनलाई भित्राएको थियो ।

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.