default_image

3 years ago

July 28, 2021

वरिष्ठ उपाध्यक्ष र प्रशिक्षकको विवादमा एन्फा अझै बोलेन

काठमाडौं (हाम्रो खेलकुद)– आफ्ना वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङमाथि आरोप लगाउँदै कुवेती अब्दुल्ला अलमुताइरीले राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक पदबाट राजीनामा दिने घोषणा पछि उत्पन्न परिस्थितिलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले औपचारिक रुपमा सम्बोधन गरेको छैन । आइतबार अलमुताइरीले सामाजिक सञ्जालमार्फत नेम्बाङले पछिल्लो तीन सातादेखि समस्या उत्पन्न गराएको उल्लेख गर्दै आफूले राजीनामा दिन लागेको बताएका […]

50 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– आफ्ना वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङमाथि आरोप लगाउँदै कुवेती अब्दुल्ला अलमुताइरीले राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक पदबाट राजीनामा दिने घोषणा पछि उत्पन्न परिस्थितिलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले औपचारिक रुपमा सम्बोधन गरेको छैन ।


आइतबार अलमुताइरीले सामाजिक सञ्जालमार्फत नेम्बाङले पछिल्लो तीन सातादेखि समस्या उत्पन्न गराएको उल्लेख गर्दै आफूले राजीनामा दिन लागेको बताएका थिए । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले राजीनामा नदिन र केहि दिन आराम गर्न भनेपछि उनले लिखित राजीनामा भने नबुझाएको एन्फाले जनाएको थियो ।

अर्कोतर्फ नेम्बाङले भने एन्फाको आउने निर्वाचनलाई प्रभावित गर्नेगरि आफूमाथि आरोप लगाएको बताएका थिए । उनले अलमुताइरीको आरोपका सत्यता नभएको उल्लेख गर्दै एन्फा केन्द्रिय समितिको बैठक माग गरेका छन् । एन्फाले अनौपचारिक रुपमा नेम्बाङ र अमुताइरीकाबीचमा सहमतिका लागि गरिएको प्रयास पनि सफल भएको बुझिएको छ ।

अलमुताइरीले आफूसँग नेम्बाङले माफी माग्नुपर्ने माग राखेको श्रोतले बतायो । तर, नेम्बाङ भने त्यो स्वीकार्ने पक्षमा छैनन् । उनले अलमुताइरीले सामाजिक सञ्जालमार्फत विना कारण आफूमाथि गम्भिर आरोप लगाएका कारण त्यसमा छानविन हुनुपर्ने माग राखेका छन् । छानविनबाट आफू दोषी देखिए पदबाट राजीनामा दिने पनि नेम्बाङले घोषणा गरेका छन् ।

साफ च्याम्पियनसिपका लागि राष्ट्रिय टोलीको तयारी जारी भएपनि अलमुताइरी भने प्रशिक्षणमा सामेल छैनन् । एन्फाले अहिले पनि अनौपचारिक छलफलाई अघि बढाएपछि ठोस निष्कर्ष निकाल्न सकेको छैन । अहिले सम्म आधिकारिक धारणा पनि सार्वजनिक गर्न सकेको छैन । आज एन्फाले यो विषयमा आधिकारिक धारणा सार्वजनिक गर्ने र केन्द्रिय समितिमा नै यो विषय छलफल हुने सम्भावना रहेको बुझिएको छ ।

पछिल्लो अपडेट : एन्फाको आपतकालीन बैठक शुक्रबार बस्ने

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.