default_image

3 years ago

July 28, 2021

एन्फाको आपतकालीन बैठक शुक्रबार बस्ने

काठमाडौं (हाम्रो खेलकुद)– आफ्ना वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङमाथि आरोप लगाउँदै कुवेती अब्दुल्ला अलमुताइरीले राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक पदबाट राजीनामा दिने घोषणा पछि उत्पन्न परिस्थितिका विषयमा छलफल गर्न गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबारका लागि केन्द्रिय कार्यसमितिको आपतकालीन बैठक डाकेको छ । पछिल्लो घटना क्रमको छानबिनको माग गर्दै वरिष्ठ उपाध्यक्ष नेम्बाङले निवेदन दर्ता […]

47 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– आफ्ना वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङमाथि आरोप लगाउँदै कुवेती अब्दुल्ला अलमुताइरीले राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक पदबाट राजीनामा दिने घोषणा पछि उत्पन्न परिस्थितिका विषयमा छलफल गर्न गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबारका लागि केन्द्रिय कार्यसमितिको आपतकालीन बैठक डाकेको छ ।

पछिल्लो घटना क्रमको छानबिनको माग गर्दै वरिष्ठ उपाध्यक्ष नेम्बाङले निवेदन दर्ता गराएपछि एन्फाले केन्द्रिय समितिको आपतकालिन बैठक बोलाएको हो । ‘पछिल्लो घटनाक्रम र साफ च्याम्पियनसिप आयोजनाको प्रस्ताव गरि दुई वटा विषयमा छलफल गर्न शुक्रबार ४:०० बजेका लागि आपतकालीन बैठक बेलाइएको छ,’ एन्फा प्रवक्ता राईले भने ।

अलमुताइरीले आइतबार सामाजिक सञ्जालमार्फत नेम्बाङले पछिल्लो तीन सातादेखि समस्या उत्पन्न गराएको उल्लेख गर्दै आफूले राजीनामा दिन लागेको बताएका थिए । तर, उनले लिखित राजीनामा भने बुझाएका छैनन् । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले राजीनामा नदिन र केहि दिन आराम गर्न भनेपछि उनले लिखित राजीनामा नबुझाएको बताइएको थियो ।

अर्कोतर्फ वरिष्ठ उपाध्यक्ष नेम्बाङले भने एन्फाको आउने निर्वाचनलाई प्रभावित गर्नेगरि आफूमाथि आरोप लगाएको बताएका थिए । उनले अलमुताइरीको आरोपका सत्यता नभएको उल्लेख गर्दै एन्फा केन्द्रिय समितिको बैठक माग गरेका छन् । एन्फाले अनौपचारिक रुपमा नेम्बाङ र अमुताइरीकाबीचमा सहमतिका लागि गरिएको प्रयास पनि सफल भएको बुझिएको छ ।

अलमुताइरीले आफूसँग नेम्बाङले माफी माग्नुपर्ने माग राखेको श्रोतले बतायो । तर, नेम्बाङ भने त्यो स्वीकार्ने पक्षमा छैनन् । उनले अलमुताइरीले सामाजिक सञ्जालमार्फत विना कारण आफूमाथि गम्भिर आरोप लगाएका कारण त्यसमा छानविन हुनुपर्ने माग राखेका छन् । छानविनबाट आफू दोषी देखिए पदबाट राजीनामा दिने पनि नेम्बाङले घोषणा गरेका छन् ।

एन्फा अध्यक्षलाई सोमबार पत्र लेख्दै नेम्बाङले सामाजिक सञ्जालमा आफ्नो बदलान गरेको हुँदा के कति कारणले अलमुताइरीलाई नाटक गरे र के कति कारणले राजीनामा दिनुपर्यो आवश्यक छानविन गरि सत्यतथ्थय तत्काल सार्वजनिक गर्न अनुरोध गरेका छन् ।

साफ च्याम्पियनसिपका लागि राष्ट्रिय टोलीको तयारी जारी भएपनि अलमुताइरी भने प्रशिक्षणमा सामेल छैनन् । एन्फाले अहिले पनि अनौपचारिक छलफलाई अघि बढाएपछि ठोस निष्कर्ष निकाल्न सकेको छैन । उनलाई यस विषयमा निर्णय नआउन्जेल विश्राम दिइएको छ ।

दक्षिण एसियाको प्रतिष्ठित साफ च्याम्पियनसिप आयोजनाका लागि एन्फाले आइतबार नै आधिकारिक प्रस्ताव पाएको थियो । आपतकालीन बैठकमा यो विषयमा पनि छलफल हुने प्रवक्ता राईले जानकारी दिए ।

कतार फुटबल संघको सहयोगमा गत चैतमा अलमुताइरीले राष्ट्रिय टोलीको प्रशिक्षक पद सम्हालेका थिए । उनको नेतृत्वमा नेपालले इराकविरुद्ध मैत्रीपूर्ण खेल तथा विश्व कप र एसिया कपका ३ गरि कुल ४ खेल खेलेको थियो । उनको नेतृत्वमा टोलीले सुधारिएको प्रदर्शन गरेपछि चौतर्फी प्रशंसा पाएका थिए ।

एन्फाले उनको सम्झौता अवधि थप्नका लागि कतार फुटबल संघलाई पत्रचार गरिरहेकै अवस्थामा अलमुताइरीले राजीनाको घोषणा गरेका छन् । शुक्रबार मात्र प्रशिक्षकको सम्झौता थप्ने विषयमा आफूलाई जानकारी नभएको भन्दै एन्फा उपाध्यक्ष समेत रहेका कृष्णबहादुर थापाले टेक्निकल कमिटीबाट राजीनामा दिएका थिए ।

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

April 18, 2024

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]

April 17, 2024

सानेपाको जित, समाज कल्याण र खालिबारीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत बुधबार भएको खेलमा सानेपा क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा सानेपा क्लबले स्वयम्भू क्लब माथि २-१ को जित निकालेको हो । सानेपाको लागि पेम्बा दोर्जे र निरञ्जन जंग शाहीले १-१ गोल गरे । पराजित स्वयम्भूका लागि सुग्रीत मगरले एक गोल […]

Success

Thank you for your time.