default_image

3 years ago

July 31, 2021

भरान रियलले बेचेको चौथो महँगा खेलाडी

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिड खेलाडी अनुबन्धको लागि जतिसुकै मुल्य चुकाउन पनि पछि पर्दैन । आफूलाई मन परेको खेलाडीलाई महँगो मुल्यमा ल्याउन रियल माहिर छ । जसरी रियलले खेलाडी अनुबन्धको लागि मोटो रकम खर्चन्छ त्यसैगरी रियलले खेलाडी बेच्दा पनि उत्तिकै महँगो मुल्यमा बेच्न माहिर छ । कोरोना महामारीपछि क्लबमा आर्थिक मन्दी भएपछि गत सिजनदेखि […]

31 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिड खेलाडी अनुबन्धको लागि जतिसुकै मुल्य चुकाउन पनि पछि पर्दैन । आफूलाई मन परेको खेलाडीलाई महँगो मुल्यमा ल्याउन रियल माहिर छ ।

जसरी रियलले खेलाडी अनुबन्धको लागि मोटो रकम खर्चन्छ त्यसैगरी रियलले खेलाडी बेच्दा पनि उत्तिकै महँगो मुल्यमा बेच्न माहिर छ । कोरोना महामारीपछि क्लबमा आर्थिक मन्दी भएपछि गत सिजनदेखि नयाँ खेलाडी अनुबन्ध नगरेको रियलले खेलाडी बेचेरै मोटो रकम आर्जन गरेका छन् । पछिल्लोपटक यस्तै भएको छ, आफ्नो मुख्य फ्रान्सेली सेन्टरब्याक राफयल भरानलाई महँगो मुल्यमा बेचेर ।

२८ वर्षीय राफयल भरान स्पेनिस क्लब रियल म्याड्रिडले बेचेको मध्येको इतिहासकै चौथो महँगा खेलाडी बनेका छन् । भरानलाई इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले मंगलबार ४ वर्षका लागि ५० मिलियन युरोमा अनुबन्ध गरेपछि उनी रियलले बेचेको मध्येको चौथो महँगा खेलाडी बनेका हुन् ।

यसअघि रियलले महँगोको बेचेकोमा पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डो, अर्जेन्टिनी एन्जल डि मारिया र स्पेनिस अल्भारो मोराटा रहेका छन् । सन् २०१८ मा रियलले क्लबकै लेजेन्ड सर्वाधिक गोलकर्ता क्रिस्टियानो रोनाल्डोलाई १०५ मिलियन युरोमा इटालियन महारथी युभेन्ट्सलाई बेचेको थियो । यो नै रियलले अहिलेसम्म बेचेका सबैभन्दा महँगा खेलाडी हुन् ।

त्यसपछि स्पेनिस अल्भारो मोराटा रियलले महँगोमा बेचेको दोस्रो सर्वाधिक महँगा खेलाडी हुन् । रियलले मोराटालाई सन् २०१७ मा इंग्लिस क्लब चेल्सीलाई ८० मिलियन युरोमा बेचेको थियो । रियलले महँगोमा बेचेको तेस्रो खेलाडी हुन अर्जेन्टिनी एन्जेल डि मारिया । एन्जल डि मारियालाई रियलले सन् २०१४ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई ७५ मिलियन युरोमा बेचेको थियो ।

यसपल्ट भरानलाई रियलले बेच्नुको अर्थ क्लब आफै आर्थिक संकटबाट गुज्रिरहनु नै मुख्य कारण हो । त्यसैले उनलाई बेचेर आएको पैसा क्लबका लागि निकै राहत हुन सक्छ । भरानको अभाव रियललाई खड्कन सक्नेछ । तर, उनको विकल्प रियलले सोचिसकेको हुनुपर्दछ ।

भरानलाई रियलले १८ वर्षको उमेरमा १० मिलियन युरोमा फ्रान्सेली क्लब लेन्सबाट अनुबन्ध गरेको थियो । अहिले उनलाई त्यसको पाँच गुणा बढी मूल्यमा बेचेको छ । सम्झौताको अन्तिम वर्षमा रहेको भरानलाई बेच्दा रियललाई आर्थिक पक्षमा राम्रै नाफा भएको छ ।

अर्काे पक्ष, रियलले लामो समयदेखि फ्रान्सेली युवा स्टार केलियन एमबाप्पेलाई किन्ने प्रयास गरिरहेको छ । कोरोना महामारी नहुँदो हो त रियलले यसअघि नै एमबाप्पेलाई अनुबन्ध गरिसकेको हुन सक्ने थियो । भरानलाई बेचेर आएको रकमलाई रियलले एमबाप्पेकै लागि खर्च गर्न सक्नेछ । रियलले एमबाप्पेलाई अर्काे वर्ष फ्रि एजेन्टमा किन्ने योजना बनाइरहेको छ । तर, अन्य क्लबले पनि एमबाप्पेलाई चासो देखाइरहँदा रियलले सचेत हुदै यसै समरमा सम्झौता गर्न सक्ने सम्भावना पनि छ ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.