default_image

3 years ago

July 30, 2021

रियलमा कार्भाजलको सम्झौता नविकरण

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिड र स्पेनिस राइटब्याक ड्यानी कार्भाजलबीच सम्झौता नविकरण भएको छ । रियल र कार्भाजलबीच बिहीबार सम्झौता नविकरणमा हस्ताक्षर भएको हो । सम्झौता नविकरण भएसँगै २९ वर्षीय कार्भाजल सन् २०२५ को सिजनको अन्त्यसम्म रियलमा रहनेछन् । रियलमा सम्झौता नविकरण गर्ने कार्भाजल चौथो खेलाडी बनेका छन् । यसअघि लुका मोड्रिच (२०२२), लुकास […]

37 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिड र स्पेनिस राइटब्याक ड्यानी कार्भाजलबीच सम्झौता नविकरण भएको छ । रियल र कार्भाजलबीच बिहीबार सम्झौता नविकरणमा हस्ताक्षर भएको हो ।

सम्झौता नविकरण भएसँगै २९ वर्षीय कार्भाजल सन् २०२५ को सिजनको अन्त्यसम्म रियलमा रहनेछन् । रियलमा सम्झौता नविकरण गर्ने कार्भाजल चौथो खेलाडी बनेका छन् ।

यसअघि लुका मोड्रिच (२०२२), लुकास भाज्क्वेज (२०२४) र नाचो फर्नान्डेस (२०२३) ले सम्झौता नविकरण गरेका थिए । अब यो सुचीमा फ्रान्सेली फरवार्ड करिम बेन्जेमा रहेका छन् । उनले सन् २०२३ सम्म सम्झौता थप्न सक्ने अनुमान गरिएको छ ।

यो सम्झौतासँगै रियल म्याड्रिडकै एकेडेमी ला फाब्रिकाका उत्पादन कार्भाजल दुई दशक भन्दा बढी क्लबमै रहने खेलाडी बन्नेछन् । कार्भाजलले २०१३–१४ को सिजनमा रियलको सिनियर टोलीमा स्थान बनाएका थिए । त्यसअघि उनले एक सिजन २०१२–१३ का जर्मन क्लब बायर लिभरकुसनबाट खेलेका थिए ।

सन् २००२ मा रियलको एकेडेमीमा आएका कार्भाजल २०१० पछि रियलको ‘बी’ टिममा रहँदै सिनियर टोलीमा स्थान बनाउन सफल भएका थिए । कार्भाजलले रियलबाट २९४ खेल खेल्दै ६ गोल गरेका छन् । कार्भाजलले चोटका कारण गत सिजन मात्रै १५ खेलमा अवसर पाएका थिए ।

पछिल्लो ८ सिजन रियलको राइटब्याक सम्हालेका कार्भाजल रियलको गोल्डेन इरा (५ वर्षमा ४ च्याम्पियन्स लिग) जित्दाका टोलीका महत्वपुर्ण सदस्य बनेका थिए । रियलले २०१३–१४ पछि लगातार तीन सिजन २०१५–१६, २०१६–१७ र २०१७–१८ मा च्याम्पियन्स लिग जित्दै ह्याट्रिक उपाधि जित्दा उनको प्रदर्शन पनि उच्च रहेको थियो ।

उनले रियलबाट २ ला लिगा, ४ च्याम्पियन्स लिग, ४ फिफा क्लब वल्डकप, ३ युइएफए सुपर कप, २ सुपर कोपा र १ कोपा डेल रे जितेका छन् ।सन् २०१४ देखि स्पेनिस राष्ट्रिय टोलीमा रहेका कार्भाजलले २५ क्याप जितेका छन् ।

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.