default_image

3 years ago

July 30, 2021

भान डाइकको पूनरागमनमा लिभरपुलको हार

एजेन्सी – डच डिफेन्डर भर्जिल भान डाइकले चोटबाट पूनरागमन गरेको खेलमा इंग्लिस क्लब लिभरपुल प्रि–सिजनको तयारी अन्तर्गतको मैत्रीपूर्ण खेलमा पराजित भएको छ । अष्ट्रियामा बिहीबार राति भएको खेलमा लिभरपुल जर्मन क्लब हर्था बर्लिनसँग ४–३ ले पराजित भएको हो । हर्थाको जितमा स्टेभन जोभिटिचले दुई तथा सान्टियागो एस्कासिवार र सुआट सेरदारले समान एक गोल गरे । […]

41 views

0 Bookmark

एजेन्सी – डच डिफेन्डर भर्जिल भान डाइकले चोटबाट पूनरागमन गरेको खेलमा इंग्लिस क्लब लिभरपुल प्रि–सिजनको तयारी अन्तर्गतको मैत्रीपूर्ण खेलमा पराजित भएको छ ।

अष्ट्रियामा बिहीबार राति भएको खेलमा लिभरपुल जर्मन क्लब हर्था बर्लिनसँग ४–३ ले पराजित भएको हो । हर्थाको जितमा स्टेभन जोभिटिचले दुई तथा सान्टियागो एस्कासिवार र सुआट सेरदारले समान एक गोल गरे । लिभरपुलका साडियो माने, ताकुमी मिनामिनो र एलेक्स च्याम्बरलिनले गोल गरेपनि हार टार्न सकेन ।

६९औं मिनेटमा नाथानिल फिलिप्सको स्थानमा मैदान प्रवेश गर्दै डिफेन्डर भर्जिल भान डाइक मैदान फर्किएका छन् । चोटको कारण डाइक २ सय ८५ दिनपछि मैदान फर्किएका हुन् । उनले युरोकप फुटबल समेत गुमाएका थिए । भान डाइकले गत अक्टोबरमा चोट बोकेका थिए । उनको घुँडाको लिगामेन्टको चोटको शल्यक्रिया गरेका थिए ।

गोलको वर्षा भएको खेलको २१औं मिनेटमा सान्टियागोको गोलबाट हर्था बर्लिनले अग्रता लिएको थियो । ३१औं मिनेटमा सेरदारले गोल गर्दै हर्थाको अग्रता दोब्बर पारे । साडियो मानेले ३६औं मिनेटमा तथा ताकुमी मिनामिनाले ४२औं मिनेटमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

६६औं मिनेटमा स्टेभन जोभेटिकले गोल गर्दै हर्थालाई ३–२ ले अघि बढाए । ८०औं मिनेटमा स्टेभन जोभेटिकले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै हर्थालाई जिततर्फ अघि बढाए । ८८औं मिनेटमा एलेक्स अक्सलेड चेम्वरलेनले गोल गर्दै खेललाई ४–३ को अवस्थामा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा लिभरपुलले हार बेहोर्न पुग्यो ।

अब लिभरपुलले स्पेनिस क्लब एथलेटिको बिल्वाओ र ओसासुना मैत्रीपुर्ण खेल खेल्ने तालिका छ । त्यसपछि नर्विचसँग खेल्दै लिभरपुलले प्रिमियर लिगको सुरुवात गर्नेछ । हर्थाले मेप्पेनसँग डिएफवी पोकलको खेलपछि कोल्नसँग खेल्दै जर्मन बुन्डेसलिगाको सुरुवात गर्नेछ ।

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.