default_image

3 years ago

July 30, 2021

एन्फा केन्द्रिय समितिको आपतकालीन बैठक बस्दै

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीबीच बढेको विवादका विषयमा छलफल गर्न एन्फा कार्यसमितिको आपतकालीन बैठक आज दिउँसो ४ बजे बस्दैछ । वरिष्ठ उपाध्यक्ष नेम्बाङ र अलमुताइरीले दुवै एकअर्काविरुद्ध छानबिनका लागि अलग अलग निवेदन एन्फामा दर्ता गराएका छन् । अलमुताइरीले एन्फाका वरिष्ठ […]

43 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीबीच बढेको विवादका विषयमा छलफल गर्न एन्फा कार्यसमितिको आपतकालीन बैठक आज दिउँसो ४ बजे बस्दैछ ।

वरिष्ठ उपाध्यक्ष नेम्बाङ र अलमुताइरीले दुवै एकअर्काविरुद्ध छानबिनका लागि अलग अलग निवेदन एन्फामा दर्ता गराएका छन् । अलमुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्बाङसहित एउटा खेलकुद अनलाइनका दुई सञ्चारकर्मीका विषयमा छानबिन गर्न बिहीबार एन्फामा पत्र दर्ता गराएका थिए । अनलाइनका एक सञ्चारकर्मीले आइतबार नै अलमुताइरीले दुर्व्यवहार गरेको भन्दै छानबिन गर्न माग गरेकी थिइन् ।

गत साता बिहीबार आफूसँग दुई सञ्चारकर्मीबीच भएको विवादमा वरिष्ठ उपाध्यक्ष नेम्बाङको भूमिका रहेको अलमुताइरीले आरोप लगाउँदै आएको बताइएको छ । अलमुताइरीले आइतबार सामाजिक सञ्जालमा समर्थकलाई सम्बोधन गर्दै एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्बाङका कारण आफूले राजीनामा दिन लागेको घोषणा गरेका थिए । यद्दपी उनले लिखित राजीनामा भने दिएका छैनन् ।

अर्कोतर्फ नेम्बाङले भने एन्फाको आउने निर्वाचनलाई प्रभावित गर्नेगरि आफूमाथि आरोप लगाएको बताएका थिए । उनले अलमुताइरीको आरोपका सत्यता नभएको उल्लेख गर्दै छानबिनका लागि एन्फा केन्द्रिय समितिको बैठक माग गरेका थिए । नेम्बाङको माग अनुसार नै एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले केन्द्रिय समितिको आपतकालीन बैठक डाकेका हुन् ।

आपतकालीन बैठकमा आफूलाई नबोलाइएको भन्दै मानार्थ उपाध्यक्ष शीक्षित पराजुलीले आउने दिनमा एन्फाको कुनै पनि बैठकमा सहभागी नहुने भन्दै बिहीबार एन्फालाई पत्र लेखेका छन् । यसपटक निर्वाचित १७ सदस्यीय कार्यसमितिको मात्र बैठक बोलाइएको जनाइएको छ । विवाद बढ्दै जाने क्रममा तीन पक्षले छानबिनको माग गरेपछि घटनाक्रमले नयाँ मोड लिएको छ ।

अलमुताइरीले आफूविरुद्ध नेम्बाङले भूमिका खेलको आफूसँग प्रमाण रहेको बताउँदै आएको बुझिएको छ । उता नेम्बाङले भने आफूले सञ्चारकर्मीलाई प्रयोग गरेको प्रमाणित भए पदबाट राजीनामा घोषणा गर्ने यसअघि नै बताइसकेका छन् । एन्फा आपतकालीन बैठकबाट छानबिन समिति गठन गर्ने सम्भावना रहेको बताइएको छ ।

वरिष्ठ उपाध्यक्ष र प्रशिक्षकबीचको विवादबाहेक एन्फाले साफ च्याम्प्यिनसिप आयोजनाका विषयमा पनि आजको बैठकमा छलफल गर्ने बताइएको छ । कतार फुटबल संघको सहयोगमा अलमुताइरी चैतमा राष्ट्रिय टोलीको प्रशिक्षक नियुक्त भएका थिए । उनको नेतृत्वमा नेपालले इराकविरुद्ध मैत्रीपूर्ण खेल तथा कुवेतमा विश्व कप र एसिया कप छनोटका बाँकी ३ खेल खेलेको थियो । इराकविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल ६–२ ले पराजित भएको थियो ।

विश्वकप छनोटमा चाइनिज ताइपेलाई २–० ले हराएको नेपाल जोर्डन र अष्ट्रेलियासँग भने समान ३–० ले पराजित भएको थियो । अहिले राष्ट्रिय टोली साफ च्याम्पियनसिपको तयारीमा रहेको छ । अलमुताइरीले आइतबारदेखि प्रशिक्षण गराएका छैनन् ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.