default_image

3 years ago

July 30, 2021

रियलमा कुबोको भविष्य अनिश्चित

एजेन्सी – जापानी विंगर ताकेफुसा कुबोले स्वदेशमा जारी टोकियो ओलम्पिक २०२० मा उच्च प्रदर्शन गरेका छन् । तर यसका बाबजुद उनको स्पेनिस क्लब रियल म्याड्रिडमा भने भविष्य अनिश्चित रहेको छ । जापानले ओलम्पिकको समूह चरणमा सबै तीन खेलमा जित हासिल गरेको छ । यसक्रममा कुबोले सबै खेलमा गोल गर्दै समूह चरणको तीनै खेलमा गोल गर्ने […]

45 views

0 Bookmark

एजेन्सी – जापानी विंगर ताकेफुसा कुबोले स्वदेशमा जारी टोकियो ओलम्पिक २०२० मा उच्च प्रदर्शन गरेका छन् । तर यसका बाबजुद उनको स्पेनिस क्लब रियल म्याड्रिडमा भने भविष्य अनिश्चित रहेको छ ।

जापानले ओलम्पिकको समूह चरणमा सबै तीन खेलमा जित हासिल गरेको छ । यसक्रममा कुबोले सबै खेलमा गोल गर्दै समूह चरणको तीनै खेलमा गोल गर्ने पहिलो जापानी खेलाडी पनि बने । समूह विजेता बन्ने क्रममा जापानले फ्रान्स, मेक्सिको र दक्षिण अफ्रिकालाई हराएको हो ।

पछिल्लो सिजन लोनमा भिल्लारियल र गेटाफे पुगेका कुबोले अपेक्षित प्रदर्शन गर्न सकेका थिएनन् । यसकारण पनि रियलले उनलाई यस सिजनको सुरुवातमै बेच्ने योजना बनाएको थियो । तर ओलम्पिकमा गरेको प्रदर्शन हेरेपछि रियल फेरी आफ्नो निर्णयमा सोच बाध्य भएको छ ।

क्लबमा अहिले रहेका खेलाडीले भन्दा राम्रो प्रदर्शन गर्ने क्षमता कुबोमा रहेको क्लबले विश्वास गरेको छ । अघिल्लो सिजन रोड्रीगोबाट कमजोर प्रदर्शन भएपछि आक्रमणमा त्यस भूमिकामा कुबो विकल्प हुन सक्छन् । तीव्र गति र बल नियन्त्रणसँगै गोल गर्ने क्षमता पनि कुबोमा छ । रियलले उनीबाट नियमित प्रदर्शनको आशा राखेको छ, जुन जापानका लागि उनले दिएका छन् ।

रियलका समर्थक पनि कुबोको प्रदर्शनबाट उत्साहित छन् । जापानी विंगरले अब ओलम्पिक सकिएपछि प्रशिक्षक कार्लो एन्सेलोटिसँग आफ्नो भूमिकाबारे छलफल गर्नेछन् । बार्सिलोनाको एकेडेमीमा हुर्किएका कुबो २० वर्ष पुगेका छन् । त्यसैले यस सिजन लोनमा पठाएर अर्को सिजन रियलले टोलीमा समेट्ने सम्भावना पनि रहन्छ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.