default_image

3 years ago

July 30, 2021

एन्फाले छानबिनका लागि मन्त्रालयलाई अनुरोध गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) मा पछिल्लो समय वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीचको विवादको छानबिनका लागि एन्फाले युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ । ‘स्वतन्त्र छानबिनका लागि मन्त्रालयलाई आग्रह गर्ने निर्णय भएको छ’, एन्फा कार्यसमितिको आपतालीन बैठकपछि शुक्रबार साँझ एन्फा प्रवक्ता किरण […]

57 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) मा पछिल्लो समय वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीचको विवादको छानबिनका लागि एन्फाले युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

‘स्वतन्त्र छानबिनका लागि मन्त्रालयलाई आग्रह गर्ने निर्णय भएको छ’, एन्फा कार्यसमितिको आपतालीन बैठकपछि शुक्रबार साँझ एन्फा प्रवक्ता किरण राईले भने ।

वरिष्ठ उपाध्यक्ष नेम्बाङ, प्रशिक्षक अलमुताइरी र दुई सञ्चारकर्मीले तीन पक्षले छाबिनका लागि अलग अलग निवेदन दर्ता गराएपछि एन्फाले शुक्रबारका लागि एन्फा केन्द्रिय समितिको आपकालीन बैठक बसेको थियो ।

बैठकमा अलमुतारीलाई कारवाही गर्दा नेपाली फुटबललाई अप्ठेरो पर्ने बताएपछि नेम्बाङसहित उपाध्यक्ष कृष्णबहादुर थापा, वीरबहादुर खड्का र सदस्य दावा लामा बैठक छाडेर निस्केका थिए । त्यसअघि अलमुताइरीलाई पनि बैठकमा आफ्नो पक्ष राख्न बोलइएको थियो ।
वरिष्ठ उपाध्यक्ष र सञ्चारकर्मीको निवेदन वाचन गर्दा अलमुताइरी रिसाएर बैठकबाट निस्केको नेम्बाङले बताएका थिए । अलमुताइरीले दुई जना सञ्चारकर्मीले आफूलाई टर्चर दिएको र त्यसबाट असुरक्षीत महसुस गरेको अरोप लगाएका थिए । उनले एन्फाले आफ्नो सुरक्षा नगरेको समेत जनाएको बताइएको छ ।

गत साता बिहीबार आफूसँग दुई सञ्चारकर्मीबीच भएको विवादमा वरिष्ठ उपाध्यक्ष नेम्बाङको भूमिका रहेको अलमुताइरीले आरोप लगाउँदै आएको बताइएको छ । अलमुताइरीले आइतबार सामाजिक सञ्जालमा समर्थकलाई सम्बोधन गर्दै एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्बाङका कारण आफूले राजीनामा दिन लागेको घोषणा गरेका थिए । यद्दपी उनले लिखित राजीनामा भने दिएका छैनन् ।

अर्कोतर्फ नेम्बाङले भने एन्फाको आउने निर्वाचनलाई प्रभावित गर्नेगरि आफूमाथि आरोप लगाएको बताएका थिए । उनले अलमुताइरीको आरोपका सत्यता नभएको उल्लेख गर्दै छानबिनका लागि एन्फा केन्द्रिय समितिको बैठक माग गरेका थिए । नेम्बाङको माग अनुसार नै एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले केन्द्रिय समितिको आपकालीन बैठक डाकेका हुन् ।

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

April 18, 2024

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]

Success

Thank you for your time.