default_image

3 years ago

July 31, 2021

बेन ह्वाइट आर्सनलमा

एजेन्सी – इंग्लिस डिफेन्डर बेन ह्वाइट लन्डन क्लब आर्सनलमा अनुबन्धित भएका छन् । आर्सनलले २३ वर्षीय बेन ह्वाइटलाई ५० मिलियन पाउन्डमा प्रिमियर लिग क्लब ब्राइटन होभ अल्वियोनबाट अनुबन्ध गरेको हो । सम्झौता ३ वर्षको लागि भएको हो । सम्झौता अनुसार बेन ह्वाइट सन् २०२४ सम्म इमिरेट्स स्टेडियममा रहनेछन् । आर्सनलले गत महिना नै बेन ह्वाइटसँग […]

32 views

0 Bookmark

एजेन्सी – इंग्लिस डिफेन्डर बेन ह्वाइट लन्डन क्लब आर्सनलमा अनुबन्धित भएका छन् । आर्सनलले २३ वर्षीय बेन ह्वाइटलाई ५० मिलियन पाउन्डमा प्रिमियर लिग क्लब ब्राइटन होभ अल्वियोनबाट अनुबन्ध गरेको हो ।

सम्झौता ३ वर्षको लागि भएको हो । सम्झौता अनुसार बेन ह्वाइट सन् २०२४ सम्म इमिरेट्स स्टेडियममा रहनेछन् । आर्सनलले गत महिना नै बेन ह्वाइटसँग सम्झौता गरिसकेको थियो । छुट्टी मनाएर फर्किएपछि आर्सननले उनलाई शुक्रबार सार्वजनिक गरेको हो ।

बेन ह्वाइटलाई इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले युरोपेली च्याम्पियनसिपको लागि टोलीमा समेटेको थियो । ‘बेन हाम्रो लक्ष्य थियो । हामीले उनीसँगको हस्ताक्षर पुरा गरेका छौं । उनी युवा प्रतिभान खेलाडी हुन् । दीर्घकालीन लक्ष्य छ ।’ प्रशिक्षक मिकले अर्टेटाले भने ।

उनको ट्रान्सफर गज्जवकै छ । साउथह्याम्टनमा युथ करियर निखारेका बेन सन् २०१६ मा ब्राइटनमा पुगेका थिए । ब्राइटनमा एक सिजन बिताएपछि उनी च्याम्पियनसिप क्लब न्युपोर्ट काउन्टी, पिटर्सवर्ग र लिड्स युनाइटेडबाट खेलेका थिए । लिड्सलाई शीर्ष डिभिजनमा बढुवा गर्न उनको भुमिका महत्वपुर्ण रहेको थियो । त्यसपछि उनले गत सिजन ब्राइटन बाटै खेलेका थिए ।

ब्राइटनमा गज्जवको प्रदर्शन गरेपछि उनलाई अनुबन्ध थुप्रै क्लबले चासो देखाउँदा उनी इंग्ल्यान्डको राष्ट्रिय टोलीमा पर्न सफल भएका थिए । ह्वाइटले युरोकपमा खेल्ने अवसर नपाएपनि युरो अघिको मैत्रीपुर्ण खेलमा अष्ट्रिया रोमानियाविरुद्ध खेल्ने अवसर पाएका थिए ।

ह्वाइट आर्सनलले यो सिजन अनुबन्ध गरेको तेस्रो खेलाडी हो । आर्सनलले यसअघि मिडफिल्डर अल्वर्ट साम्वी लोकोङ्गा र लेफ्टब्याक नुनो टाभारेसलाई अनुबन्ध गरेको छ । ह्वाइटले आर्सनलमा ४ नम्वर जर्सी लगाउनेछन् ।

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.