default_image

3 years ago

July 31, 2021

आर्नाेल्ड लिभरपुलमै रहने

एजेन्सी – इंग्लिस युवा डिफेन्डर ट्रेन्ट एलेक्सान्डर आर्नाेल्ड मर्सिसाइड क्लब लिभरपुलमै रहने भएका छन् । लिभरपुल र आर्नाेल्डबीच सम्झौता नविकरण भएको हो । सम्झौता अनुसार २२ वर्षीय युवा डिफेन्डर आर्नाेल्ड सन् २०२५ सम्म लिभरपुलमै रहनेछन् । लिभरपुलकै एकेडेमीबाट हुर्किएको आर्नाेल्ड सन् २०१६ देखि क्लबको सिनियर टोलीमा रहेका छन् । त्यसयता आर्नाेल्डले लिभरपुलमा ५ सिजन बिताउँदा १७९ […]

38 views

0 Bookmark

एजेन्सी – इंग्लिस युवा डिफेन्डर ट्रेन्ट एलेक्सान्डर आर्नाेल्ड मर्सिसाइड क्लब लिभरपुलमै रहने भएका छन् । लिभरपुल र आर्नाेल्डबीच सम्झौता नविकरण भएको हो ।

सम्झौता अनुसार २२ वर्षीय युवा डिफेन्डर आर्नाेल्ड सन् २०२५ सम्म लिभरपुलमै रहनेछन् । लिभरपुलकै एकेडेमीबाट हुर्किएको आर्नाेल्ड सन् २०१६ देखि क्लबको सिनियर टोलीमा रहेका छन् । त्यसयता आर्नाेल्डले लिभरपुलमा ५ सिजन बिताउँदा १७९ खेलमा १० गोल गरेका छन् ।

आर्नाेल्डले सन् २०१६ मा कारवाओ कपमा टोटेनहमविरुद्ध खेल्दै सिनियर टोलीमा डेब्यु गरेका थिए । त्यसयता उनले प्रशिक्षक योर्गेन क्लोपको मन जित्न सफल भएका छन् । क्लबमा सम्झौता नविकरण भएसँगै क्लबमा विश्वास देखाउन पाउँदा खुशी लागेको बताएका छन् ।

विश्व फुटबलमै उत्कृष्ट राइट ब्याकको परिचय बनाएको उनले लिभरपुलबाट प्रिमियर लिग, च्याम्पियन्स लिग, फिफा क्लब विश्वकप र युइएफए सुपर कप जितेका छन् । सन् २०१९ मा बालोन डि ओरको अन्तिम मनोनयनमा पर्न सफल भएका थिए ।

सन् २०१८ देखि इंग्ल्यान्डको राष्ट्रिय टोलीमा रहेका उनले १३ क्याप जित्दै १ गोल गरेका छन् । चोटका कारण उनले यसै महिना सकिएको युरोपेली च्याम्पियनसिपमा टोलीमा पर्नका बाबजुद प्रतियोगिता गुमाएका थिए ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.