default_image

3 years ago

July 31, 2021

मेस्सी आउनेमा पिके विश्वस्त

एजेन्सी – बार्सिलोनाका रक्षक जेरार्ड पिकेले लिओनल मेस्सीले ढिलो चाडो क्लबसँग सम्झौता नविकरण गर्ने विश्वास व्यक्त गरेका छन् । बार्सिलोनाले पनि २०२१-२२ को सिजन सुरु हुनुअघि नै सम्झौता नविकरण हुने विश्वास लिएको छ । मेस्सीको बार्सिलोनासँगको सम्झौता जुनमा टुंगिएको थियो । तर मेस्सीले कोपा अमेरिकामा ध्यान दिने भन्दै यसबारे छलफल गर्न चाहेनन् । कोपा अमेरिका […]

31 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाका रक्षक जेरार्ड पिकेले लिओनल मेस्सीले ढिलो चाडो क्लबसँग सम्झौता नविकरण गर्ने विश्वास व्यक्त गरेका छन् । बार्सिलोनाले पनि २०२१-२२ को सिजन सुरु हुनुअघि नै सम्झौता नविकरण हुने विश्वास लिएको छ ।

मेस्सीको बार्सिलोनासँगको सम्झौता जुनमा टुंगिएको थियो । तर मेस्सीले कोपा अमेरिकामा ध्यान दिने भन्दै यसबारे छलफल गर्न चाहेनन् । कोपा अमेरिका जितेसँगै छुट्टिमा रहेका उनले अब छिट्टै सम्झौता गर्ने बुझिएको छ । आधिकारिक रुपमा भने दुवै पक्षबाट केहि आएको छैन ।

‘हामी उनको सम्झौता नविकरणको पर्खाईमा छौं र उनी हामीसँग हुनेछन्’, पिकेले भने, ‘मलाई आशा छ उनी बस्न राजी हुनेछन् ।’ अघिल्लो सिजन बार्सिलोनाको प्रदर्शन सन्तोषजनक हुन सकेको थिएन । यसपटक भने टोली ला लिगासहित अन्य उपाधिको दौडमा बलियोसाथ अघि बढ्ने छ । अब केहि दिनमा नयाँ सिजन सुरु हुने तयारीमा छ ।

ला लिगाको उत्कृष्ट सुरुवातले नै पूरा सिजनको संकेत गर्ने पिकेको विश्वास छ । उनी उत्कृष्ट सुरुवातका आशावादी र प्रतिबद्ध छन् । ‘आफ्नो पहिलो सिजन जस्तो नयाँ सिजनको सुरुवात गर्ने योजनामा छौं । हामी उत्कृष्ट सुरुवातको प्रयास गर्नेछौं । सामान्यतया लिग जित्नका लागि राम्रो सुरुवात हुनुपर्दछ । त्यसैले आउने दिनको संकेत गर्नेछ । हामी त्यस्तै प्रयास गर्नेछौं ,’ उनले थपे ।

‘रियल म्याड्रिड र एट्लेटिको म्याड्रिडले गत सिजन राम्रो गरेका थिए । यसपटक हामी पनि त्यहि गर्ने प्रयास गर्नेछौं न कि गएको सिजन जस्तो ।’

बार्सिलोनाले यसपटक फ्री ट्रान्सफरमा मेम्फिस डिपाए र सर्जियो अगुएरो भित्र्याउँदै आक्रमणमा अझ जोड दिएको छ । एन्टोइन ग्रिजमनको भविष्य प्रष्ट नहुँदा क्लबले मेस्सीलाई अनुबन्ध गर्ने भने पक्का जस्तै छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.