default_image

3 years ago

August 1, 2021

ग्रिजमन र डिपाए चम्कदा बार्सिलोनाको सहज जित

एजेन्सी – डच फरवार्ड मेम्फिस डिपाएले एक गोल तथा फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमनले दुई असिस्ट दिएपछि क्याटलान क्लब बार्सिलोनाले प्रि–सिजनको मैत्रीपुर्ण खेलमा जर्मन क्लबमाथि सहज जित हात पारेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले घरेलु टोली भिएफवी स्टुटगार्टमाथि सहज जित हात पारेको हो । मर्सिडेस बेन्ज एरिना स्टुटगार्ट जर्मनीमा बार्सिलोनाको सहज जितमा मेम्फिस डिपाए, […]

73 views

0 Bookmark

एजेन्सी – डच फरवार्ड मेम्फिस डिपाएले एक गोल तथा फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमनले दुई असिस्ट दिएपछि क्याटलान क्लब बार्सिलोनाले प्रि–सिजनको मैत्रीपुर्ण खेलमा जर्मन क्लबमाथि सहज जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले घरेलु टोली भिएफवी स्टुटगार्टमाथि सहज जित हात पारेको हो । मर्सिडेस बेन्ज एरिना स्टुटगार्ट जर्मनीमा बार्सिलोनाको सहज जितमा मेम्फिस डिपाए, युसुफ डेमिर र रिकी पुचले गोल गरे । पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल निस्किएको थियो ।

खेलको २१औं मिनेटमा यसै सिजन फ्रान्सेली क्लब लियोनबाट बार्सिलोना आएका डच फरवार्ड मेम्फिस डिपाएले गोल गर्दै टोलीलाई अग्रता दिलाए । उनले फ्रान्की डि योङको पासमा गोल गरेका थिए । ३५औं मिनेटमा युवा मिडफिल्डर युसुफ डेमिरले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । उनले एन्टोइन ग्रिजमनको पासमा गोल गरेका थिए ।

७४औं मिनेटमा सब्सिच्युट रिकी पुचले गोल गर्दै बार्सिलोनाको जित पक्का गरे । उनले ग्रिजमनकै पासमा गोल गरेका थिए । पुच ६२औं मिनेटमा पाब्लो गाभिराको स्थानमा मैदान छिरेका थिए ।

प्रि–सिजनको मैत्रीपुर्ण खेलमा बार्सिलोनाको यो लगातार तेस्रो जित हो । बार्सिलोनाले यसअघि जिम्नास्टिक र जिरोनालाई हराएको थियो । अब बार्सिलोनाले ४ अगस्टमा अष्ट्रिय क्लब रेडबुल साल्जवर्गसँग मैत्रीपुर्ण खेल खेल्नेछ । त्यसपछि ९ अगस्टमा इटालियन क्लब युभेन्ट्ससँग जोन ग्याम्पर ट्रफी खेल्ने छ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.