default_image

3 years ago

August 1, 2021

युभेन्ट्स विजयी, मिलान रोकियो

एजेन्सी – इटालियन महारथी युभेन्ट्सले प्रि–सिजनको मैत्रीपुर्ण खेलमा दोस्रो डिभिजनको मोन्जालाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले सिरी ‘बी’ मोन्जामाथि २–१ को जित हात पारेको हो । युभेन्ट्सको जितमा फिलिपो रानोचिआ र डिजान कुलुसेभ्स्कीले गोल गरे । मोन्जाका मार्काे डि एलेसान्द्रोले एक गोल फर्काए । खेलको १३औं मिनेटमा फिलिपो रानोचिआको गोलबाट युभेन्ट्सले […]

65 views

0 Bookmark

एजेन्सी – इटालियन महारथी युभेन्ट्सले प्रि–सिजनको मैत्रीपुर्ण खेलमा दोस्रो डिभिजनको मोन्जालाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले सिरी ‘बी’ मोन्जामाथि २–१ को जित हात पारेको हो ।

युभेन्ट्सको जितमा फिलिपो रानोचिआ र डिजान कुलुसेभ्स्कीले गोल गरे । मोन्जाका मार्काे डि एलेसान्द्रोले एक गोल फर्काए । खेलको १३औं मिनेटमा फिलिपो रानोचिआको गोलबाट युभेन्ट्सले पहिलो हाफमा १–० को अग्रता लिएको थियो । ५३औं मिनेटमा डिजान कुलुसेभ्स्कीले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारे ।

खेल सकिन ३ मिनेट बाँकी रहँदा मार्काे डि एलेसान्द्रोले गोल फर्काउदै मोन्जालाई खेलमा फर्कने संकेत दिएपनि त्यसपछि थप गोल निस्कन नसक्दा युभेन्ट्सले जित निकाल्न सफल भयो ।

शुक्रबार सिनियर टोलीका मिडफिल्डर हाम्जा राफियालाई कोरोना संक्रमण पुष्टि भएसँगै टोली नै सेल्फ आइसोलेसनमा बस्नुपरेको हो । त्यसपछि गरिएको परिक्षणमा अन्य खेलाडीलाई कोरोना पुष्टि नभएपछि युभेन्ट्स खेलमा उत्रिएको थियो । अब युभेन्टसले ८ अगस्टमा बार्सिलोनासँग जोन ग्याम्पर ट्रफी खेल्ने छ ।

यस्तै अर्काे मैत्रीपुर्ण खेलमा इटालियन क्लब एसी मिलान फ्रान्सेली क्लब निससँग १–१ गोलको बराबरीमा रोकिएको छ । निसका एमिन गोइरीले पेनाल्टीमार्फत गोल गर्दा मिलानका लागि नयाँ खेलाडी ओलिभर जिरुउडले बराबरी गोल फर्काएका थिए ।

जिरुउड यसै समरमा इंग्लिस क्लब चेल्सी छाड्दै मिलान पुगेका हुन् । मिलानमा डेब्यु खेलमा जिरुउडले गोल गर्न सफल भएका हुन् ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.