default_image

3 years ago

August 1, 2021

बायर्नको लज्जास्पद हार

एजेन्सी – प्रि–सिजनको मैत्रीपुर्ण खेलमा खराव प्रदर्शनलाई निरन्तरता दिदा अघिल्लो सिजनको बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले इटालियन क्लब नेपोलीसँग घरेलु मैदानमै लज्जास्पद हार बेहोरेको छ । एलिएन्ज एरिनामा शनिबार राति भएको खेलमा बायर्नले नेपोलीसँग ३–० को हार बेहोरेको हो । बायर्नलाई हार चखाउन भिक्टर ओसिमहेनले दुई तथा जिनेदिन मचाहले एक गोल गरे । सबै ३ गोल […]

40 views

0 Bookmark

एजेन्सी – प्रि–सिजनको मैत्रीपुर्ण खेलमा खराव प्रदर्शनलाई निरन्तरता दिदा अघिल्लो सिजनको बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले इटालियन क्लब नेपोलीसँग घरेलु मैदानमै लज्जास्पद हार बेहोरेको छ ।

एलिएन्ज एरिनामा शनिबार राति भएको खेलमा बायर्नले नेपोलीसँग ३–० को हार बेहोरेको हो । बायर्नलाई हार चखाउन भिक्टर ओसिमहेनले दुई तथा जिनेदिन मचाहले एक गोल गरे । सबै ३ गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

खेलको ६९औं मिनेटमा ओसिमहेनले गोल गर्दै नेपोलीलाई १–० ले अघि बढाए । त्यसको दुई मिनेटपछि नै ओसिमहेनले व्यक्तिगत दोस्रो गोल गर्दै नेपोलीको अग्रता दोब्बर पारे । ८५औं मिनेटमा जिनेदिन मचाहले गोल गर्दै बायर्नलाई ३–० को हार चखाए । बल पोसेसनमा बलियो पकड बनाएपनि फिनिसिङमा चुक्दा बायर्नले हार बेहोर्न पुग्यो ।

प्रि सिजनको चार खेलमध्ये बायर्नको यो तेस्रो हार हो । एफसी कोल्नसँग ३–२ ले पराजित भएको बायर्न आयाक्ससँग २–२ गोलको बराबरी खेलेको थियो । त्यसपछि बोरुसिया मोन्चेनग्लाडवाकसाग २–० को हार बेहोरेको थियो ।

प्रि–सिजनमा नेपोलीको यो लगातार तेस्रो जित हो । यसअघि नेपोलीले एनाउनियामाथि १२–० को जित दर्ता गर्दा प्रो भेर्सेलीलाई १–० ले हराएको थियो ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.