default_image

3 years ago

August 1, 2021

चेल्सीले आर्सनललाई हरायो

एजेन्सी – लन्डन डर्वीबीचको प्रि–सिजनको मैत्रीपुर्ण खेलमा चेल्सीले आर्सनललाई पराजित गरेको छ । चेल्सीले आर्सनललाई उसकै मैदानमा २–१ ले पराजित गरेको हो । इमिरेट्स स्टेडियममा आइतबार राति भएको खेलमा चेल्सीको जितमा काई हाभर्टज र ट्याम्मी अब्राहमले गोल गरे । घरेलु टोलीका लागि ग्रानिट झाकाले एक गोल फर्काए । खेलको २७औं मिनेटम काई हाभर्टजको गोलबाट चेल्सीले […]

45 views

0 Bookmark

एजेन्सी – लन्डन डर्वीबीचको प्रि–सिजनको मैत्रीपुर्ण खेलमा चेल्सीले आर्सनललाई पराजित गरेको छ । चेल्सीले आर्सनललाई उसकै मैदानमा २–१ ले पराजित गरेको हो ।

इमिरेट्स स्टेडियममा आइतबार राति भएको खेलमा चेल्सीको जितमा काई हाभर्टज र ट्याम्मी अब्राहमले गोल गरे । घरेलु टोलीका लागि ग्रानिट झाकाले एक गोल फर्काए ।

खेलको २७औं मिनेटम काई हाभर्टजको गोलबाट चेल्सीले अग्रता लिएको थियो । ६९औं मिनेटमा सब्सिच्युट ग्रानिट झाकाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । थोमस पार्टेले चोट बोकेपछि ग्रानिट ३९औं मिनेटमा मैदान छिरेका थिए ।

७२औं मिनेटमा सब्सिच्युट ट्याम्मी अब्राहमले गोल गर्दै चेल्सीलाई २–१ ले अघि बढाए । अब्राहम ४६औं मिनेटमा टिको वेर्नरको स्थानमा मैदान छिरेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा चेल्सी विजयी हुन सफल भयो ।

यही खेलबाट गत शुक्रबार मात्रै ब्राइटनबाट आर्सनल आएका बेन ह्वाइटले डेब्यु गरे । तर उनको पहिलो खेल सुखद हुन सकेन । चेल्सीले आर्सनलविरुद्धको खेलमा पुरै २२ खेलाडीलाई मौका दिएको थियो । आर्सनलले १९ खेलाडी प्रयोग गरेको थियो ।

अब चेल्सीले ५ अगस्टमा टोटेनहमसँग अर्काे मैत्रीपुर्ण खेल खेल्नेछ । त्यसपछि ११ अगस्टको राति स्पेनिस क्लब भिल्लारियलसँग युइएफए सुपरकपमा प्रतिस्पर्धा गर्नेछ । आर्सनलले ८ अगस्टमा टोटेनहसँग मैत्रीपुर्ण खेल खेल्नेछ । १४ अगस्टमा ब्रेन्टफोर्डसँग खेल्लै प्रिमियर लिगको सुरुवात गर्नेछ ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.