default_image

3 years ago

August 2, 2021

पीएसजीलाई हराउँदै लिल च्याम्पियन

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई हराउँदै लिल फ्रान्सेली सुपर कप (ट्रफी डेस च्याम्पियन्स) को च्याम्पियन बनेको छ । पीएसजीलाई १–० ले पराजित गर्दै फ्रान्सेली लिग वान च्याम्पियन लिल च्याम्पियन बनेको हो ।ब्लुमफिल्ड स्टेडियम तेल अभिभ याफा इजरायलमा आइतबार राति भएको खेलमा लिललाई च्याम्पियन बनाउन पोर्चुगिज मिडफिल्डर छेकाले पहिलो हाफमा गरेको गोल […]

91 views

0 Bookmark

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई हराउँदै लिल फ्रान्सेली सुपर कप (ट्रफी डेस च्याम्पियन्स) को च्याम्पियन बनेको छ ।

पीएसजीलाई १–० ले पराजित गर्दै फ्रान्सेली लिग वान च्याम्पियन लिल च्याम्पियन बनेको हो ।ब्लुमफिल्ड स्टेडियम तेल अभिभ याफा इजरायलमा आइतबार राति भएको खेलमा लिललाई च्याम्पियन बनाउन पोर्चुगिज मिडफिल्डर छेकाले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।

उनले ४५औं मिनेटमा बुराक यिल्माजको पासमा गोल गरेका थिए । बल पोसेसनमा बलियो पकड बनाएपनि पीएसजी फिनिसिङमा चुक्दा उपाधिबाट वञ्चित हुन पुग्यो । पीएसजी आफ्नो मुख्य फरवार्डद्धय केलियन एमबाप्पे र नेयमारविनै मैदान उत्रिएको थियो ।

जुलियन ड्राक्सलर मोउरो इकार्डी र अर्नाउड कालीमुन्डो मुइनगाले पीएसजीको अग्रपङ्ति सम्हालेपनि उनीहरुले लिलको बलियो रक्षापङ्ति तोड्न सकेनन् । नेयमार छुट्टीमै रहँदा एमबाप्पे टोलीको प्रशिक्षणमा रहेपनि प्रशिक्षक मौरिसियो पोचेटिनोले २३ सदस्यीय टोलीमा समेटेनन् ।

चोटका कारण यसै समरमा पीएसजी पुगेका सर्जियो रामोस पनि टोलीमा थिएनन् । यसै समरमा इटालियन क्लब इन्टर मिलानबाट पीएसजी पुगेका अचरफ हाकिमीले पहिलो रोजाईमा मौका पाउँदा अर्का नेयाँ खेलाडी जर्जिन्हो वाइनाल्डमले दोस्रो हाफमा १९ मिनेट मैदान बिताएका थिए । लिलले भने आफ्नो पहिलो रोजाईकै टोलीलाई मैदानमा उतारेको थियो ।

लिलको यो पहिलो उपाधि हो । सर्वाधिक सफल पीएसजीले १० पटक फ्रान्सेली सुपर कपको उपाधि जितेको छ । पीएसजी सन् २०१३ देखि सन् २०२० सम्म लगातार च्याम्पियन बनेको थियो । तर पीएसजीले यसपटक उपाधि रक्षा गर्न सकेनन् ।

फ्रान्सेली लिग वान च्याम्पियन र कप डि फ्रान्सको च्याम्पियनबीच फ्रान्सेली सुपर कप (ट्रफी डेस च्याम्पियन्स) खेल्ने प्रावधान छ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.