default_image

3 years ago

August 2, 2021

अमेरिकालाई गोल्ड कप उपाधि

एजेन्सी – चिर परिचित प्रतिद्वन्द्वी मेक्सिकोलाई फाइनलमा पराजित गर्दै अमेरिकाले कन्काकाफ गोल्ड कपको उपाधि जितेको छ । टाइब्रेकरतर्फ अग्रसर खेलको अतिरिक्त समय सकिन ३ मिनेट समय बाँकी रहँदा माइल्स रबिन्सनले खेलको एकमात्र गोल गरेका थिए । निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले अवसर सदुपयोग गर्न नसक्दा गोलको लागि अन्तिम समयसम्म कुर्न्नुपरेको थियो । सेट पिसमा केलिन […]

62 views

0 Bookmark

एजेन्सी – चिर परिचित प्रतिद्वन्द्वी मेक्सिकोलाई फाइनलमा पराजित गर्दै अमेरिकाले कन्काकाफ गोल्ड कपको उपाधि जितेको छ । टाइब्रेकरतर्फ अग्रसर खेलको अतिरिक्त समय सकिन ३ मिनेट समय बाँकी रहँदा माइल्स रबिन्सनले खेलको एकमात्र गोल गरेका थिए ।

निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले अवसर सदुपयोग गर्न नसक्दा गोलको लागि अन्तिम समयसम्म कुर्न्नुपरेको थियो । सेट पिसमा केलिन अकोस्टाले दिएको बललाई रबिन्सनले गोलमा परिणत गरेका थिए । अमेरिकाले १-० को जितसँगै सातौं पटक गोल्ड कप उपाधि जितेको हो ।

मेक्सिकोले बलियो टोली उतारेपनि जित दर्ता गर्न भने असफल रहयो । अमेरिकाले यसअघि भएको नेसन्स लिगबाट मात्र एक खेलाडीलाई गोल्डकपमा सहभागी गराएको थियो । युरोपमा खेल्ने अधिकांश खेलाडी क्लबमा गएपछि अमेरिकी टोली केहि कमजोर आँकिएको थियो । तर अमेरिकाले त्यसका बाबजुद एक महिनाको अन्तरमा दोस्रो उपाधि जित्न सफल रहयो ।

सन् २००१७ यता पहिलो पटक उपाधि जितेको अमेरिकाले मेक्सिकोलाई नवौं उपाधिबाट बन्चित गर्यो । क्यानाडाले सन् २००० मा जित्नबाहेक यी दुई राष्ट्रले नै उपाधि जित्दै आएका छन् ।

मेक्सिकोको हेक्टर हेरेरा गोल्डकपको सर्वाेत्कृष्ट खेलाडी चुनिए । क्यानडाका ताजनान बुस्चान गोल्डकपको उत्कृष्ट युवा खेलाडी चुनिदा कतारका अल्मोइज अली सर्वाधिक गोलकर्ता चुनिए । उनले गोल्डकप भर ४ गोल गरेका थिए । अमेरिकाका माट टर्नर उत्कृष्ट गोलरक्षक घोषित भए । अमेरिकाले नै फेयर प्ले अवार्ड जित्न सफल भयो ।

३ जुलाईदेखि भएको उत्तरी अमेरिका, मध्य अमेरिुका र क्यारिबिया क्षेत्रको सबैभन्दा ठुलो गोल्डकपमा १६ राष्ट्रको सहभागिता रहेको थियो । हरेक दुई वर्षमा हुने गोल्डकपमा यस क्षेत्र बाहेका राष्ट्रलाई आमन्त्रण गर्ने गरिन्छ । अमेरिकाले सेमिफाइनलमा कतारलाई तथा मेक्सिकोले क्यानडालाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.