default_image

3 years ago

August 2, 2021

बेन्जेमाद्वारा रियलको प्रस्ताव अस्विकार

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले सम्झौता नविकरणका लागि क्लबले गरेको प्रस्ताव अस्विकार गरेका छन् । रियलले बेन्जेमालाई सन् २०२४ सम्म क्लबमै रहनेगरी सम्झौता नविकरणका लागि प्रस्ताव गरेको थियो । तर, उनले रियलको त्यो प्रस्ताव अस्विकार गरे । सन् २०२२ सम्म रियलमा सम्झौता रहेको बेन्जेमाले एक वर्षमात्रै सम्झौता नविकरण गर्ने बुझिएको […]

45 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले सम्झौता नविकरणका लागि क्लबले गरेको प्रस्ताव अस्विकार गरेका छन् ।

रियलले बेन्जेमालाई सन् २०२४ सम्म क्लबमै रहनेगरी सम्झौता नविकरणका लागि प्रस्ताव गरेको थियो । तर, उनले रियलको त्यो प्रस्ताव अस्विकार गरे । सन् २०२२ सम्म रियलमा सम्झौता रहेको बेन्जेमाले एक वर्षमात्रै सम्झौता नविकरण गर्ने बुझिएको छ ।

३३ वर्षीय बेन्जेमाले उमेर बढ्दै गएको र आफ्नो प्रदर्शनमा गिरावट आउन सक्ने बुझेका छन् । यसले क्लब र समर्थक दुवै पक्षमा घाटा हुन सक्ने बताउँदै क्लबको प्रस्ताव अस्विकार गरेको बुझिएको छ । बेन्जेमाले यसअघि पाउँदै आएको तलबमा २०२१–२२ सिजनका लागि १० प्रतिशत र २०२२–२३ को सिजनका लागि १५ प्रतिशत कटौती गर्ने क्लबको प्रस्ताव समेत स्विकार गरेका छन् ।

रियलका सर्वाधिक गोलकर्ता रहेका क्रिष्टियानो रोनाल्डोले सन् २०१८ मा क्लब छाडेयता बेन्जेमा रियलको मुख्य फरवार्डको रुपमा उभिएका छन् । सन् २०१० यता रियलमा रहेका बेन्जेमाले १२ सिजन सिजन बिताउँदा उनले रियलबाट ५५९ खेलमा २७९ गोल गरेका छन् ।

बेन्जेमाले रियलबाट चार च्याम्पियन्स लिग, चार फिफा क्लब विश्वकप, तीन ला लिगा, तीन युइएफए सुपरलिग र समान दुई कोपा डेल रे र स्पेनिस सुपर कोपा जितेका छन् । त्यसअघि बेन्जेमाले चार पटक लिग वान, दुईपटक ट्रफी डेस च्याम्पियन र एकपटक कप दि फ्रान्सको उपाधि जितेका छन् ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.