default_image

3 years ago

August 2, 2021

विवाद समाधानबाट चुकेपछि एन्फा प्रवक्ताबाट राईको राजीनामा

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) मा हरेक दिन हरेक दिन जसो नयाँ नयाँ घटना हुने गरेका छन् । त्यो सिलसिलाले आइतबार पनि निरन्तरता पायो । एन्फाका हरेक निर्णयको बचाउ गर्दै आएका किरण राईले प्रवक्ताबाट राजीनामा दिएका छन् । एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ र राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीको विवाद […]

39 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) मा हरेक दिन हरेक दिन जसो नयाँ नयाँ घटना हुने गरेका छन् । त्यो सिलसिलाले आइतबार पनि निरन्तरता पायो । एन्फाका हरेक निर्णयको बचाउ गर्दै आएका किरण राईले प्रवक्ताबाट राजीनामा दिएका छन् ।

एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ र राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीको विवाद चर्किपछि त्यसको असर राईमा पनि परेको प्रष्ट देखिन्छ । अलमुतायरीसँग वरिष्ठ उपाध्यक्ष र दुई सञ्चारकर्मीको विवाद लम्बिदै जाँदा उत्पन्न घटना क्रमबाट राईले आफूलाई अलग राख्ने प्रयास स्वरुप राजीनामा दिएको देखिन्छ ।

पछिल्लो विवाद आफै समाधान गर्नबाट चुकेको एन्फाले छानबिनका लागि युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरको थियो । त्यसमा राईको सन्तुष्ट छैनन् । उनी समेत सम्मलित एन्फा केन्द्रिय कार्यसमितिको आपतकालीन बैठकले छानबिनका लागि मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरको थियो । तर, राईले त्यसमा फरक मत राखेका छन् । एन्फाले नै आन्तरिक रुपमा विवाद समाधान गर्नुपर्ने उनको तर्क छ । फुटबल विवादमा तेस्रो पक्षलाई प्रवेश गराउन नहुने पक्षमा आफू रहेको आइतबार आयोजित पत्रकार सम्मेलनमा राईले बताएका छन् ।

वरिष्ठ उपाध्यक्ष नेम्बाङको उपस्थितिमा राईले राजीनामा पत्र एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई बुझाएका थिए । त्यसपछि पत्रकार सम्मेलन गर्दै राईले आफ्नो धारणा सार्वजनिक गरेका थिए । एन्फा केन्द्रिय समिति सदस्य राईले प्रवक्ताबाट मात्र राजीनमा दिएका हुन् ।
राईले प्रवक्ताको जिम्मेवारीमा रहँदै एन्फाले गरेका निर्णयको विरोध गर्न नमिल्ने भएकाले राजीनामा दिएको बताए । उनले भने,‘ एन्फामा देखिएको विवाद समाधानका लागि सक्दो मिहिनेत गर्दा पनि सफल हुन सकेनौं । विवादको विषय सामान्य भए पनि एन्फाकै कमजोरीको कारण समाधानमा हुन सकेन ।

एन्फा कम्प्लेक्समै आयोजित पत्रकार सम्मेलनमा राईले विवाद समाधानका लागि मन्त्रालयलाई जिम्मा दिनु आफूहरूको कमजोरी रहेको सुनाउँदै एन्फा चुकेकै कारण अहिलेको अवस्था सृजना भएको हो । उनले आफू एन्फा भित्र कसैको पक्ष र विपक्षमा नभई फुटबलको पक्षमा रहने पनि बताएका थिए ।

दुई सञ्चारकर्मीसँगको विवादबाट अहिले एन्फामा उग्र रुप लिएको छ । अलमुताइरीले वरिष्ठ उपाध्यक्ष नेम्बाङका कारण आफूलाई काम गर्न अप्ठेरो भएको आशयाका साथ पदबाट राजीनामा दिने घोषणा फेसबुकमार्फत गरेका थिए । त्यसमा नेम्बाङले कडा आपत्ती जनाउँदै अलमुताइरीविरुद्ध छानबिनको माग राखेका थिए । अलमुताइरीले पनि नेम्बाङ र दुई सञ्चारकर्मीविरुद्ध छानबिनको माग गरेका थिए ।

त्यति विषयमा छलफल गर्न बसेकेको एन्फा बैठकले मन्त्रालयलाई छानबिनका लागि अनुरोध गर्ने निर्णय गरेको थियो । त्यसपछि पनि एन्फामा नयाँ घटनाको श्रृखंला रोकिएको छैन । एन्फाले अर्को निर्णय नभएसम्मका लागि अलमुताइरीलाई राष्ट्रिय टोलीको प्रशिक्षणबाट रोक लगाएको छ । साफ च्याम्पियनसिपको तयारीमा रहेको टोलीलाई एन्फाले १० दिनका लागि विश्राम दिएको छ । एन्फाका सहायक महासचिव वसन्त अर्यालले पनि शनिबार पदबाट राजीनामा दिएका थिए ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.