default_image

3 years ago

August 2, 2021

फुटबलको फाइनलमा स्वीडेन र क्यानडा भिड्ने

एजेन्सी – स्वीडेन र क्यानडा टोकियो ओलम्पिक अन्तर्गत महिला फुटबलतर्फ फाइनलमा प्रवेश गरेका छन् । कासिमा स्टेडियममा सोमबार भएको खेलमा क्यानडाले उपाधिको बलियो दावेदार अमेरिकालाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो । क्यानडाको फाइनल यात्रामा जेसी फ्लेमिङले दोस्रो हाफमा पेनाल्टी गोलमार्फत गरेको गोल नै निर्णायक बन्यो । उनले ७४औं मिनेटमा गोल गरेकी थिइन् […]

39 views

0 Bookmark

एजेन्सी – स्वीडेन र क्यानडा टोकियो ओलम्पिक अन्तर्गत महिला फुटबलतर्फ फाइनलमा प्रवेश गरेका छन् ।

कासिमा स्टेडियममा सोमबार भएको खेलमा क्यानडाले उपाधिको बलियो दावेदार अमेरिकालाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो । क्यानडाको फाइनल यात्रामा जेसी फ्लेमिङले दोस्रो हाफमा पेनाल्टी गोलमार्फत गरेको गोल नै निर्णायक बन्यो । उनले ७४औं मिनेटमा गोल गरेकी थिइन् । प्रतिस्पर्धात्मक खेलमा अमेरिकाले गोलको केही सुवर्ण अवसर चुकाउँदा फाइनल पुग्नबाट बञ्चित बन्यो ।

यस्तै अर्काे सेमिफाइनलमा उपाधिको बलियो दावेदार स्वीडेनले अष्ट्रेलियामाथि १–० को झिनो जित दर्ता गर्दै फाइनलमा क्यानडासँगको भेट पक्का गर्यो ।

निसान स्टेडियममा सोमबार भएको खेलमा स्वीडेनको जितमा ४६औं मिनेटमा फ्रिडोलिना राल्फोले गरेको गोल नै निर्णायक बन्यो । अष्ट्रेलिया ९०औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । एली कारपेन्टर सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएको थियो ।

फाइनल ६ अगस्टमा हुनेछ । त्यसअघि ५ अगस्टमा तेस्रो स्थानको लागि अष्ट्रेलिया र अमेरिकाबीच प्रतिस्पर्धा हुनेछ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.